धार्मिकस्थलहरूमा मन्त्री राईको यस्तो पहल
नेपालगञ्ज,बाँके शहरी विकास मन्त्रालयको बजेटको ठुलो हिस्सा गृहनगर नेपालगञ्जमा पारेर नेपालगञ्जबासीको मन जितेका शहरी विकास मन्त्री मो इस्तियाक राई आफु इस्लाम धर्मावलम्बी भएपनि हिन्दुका धार्मिक स्थलमा वजेट विनियोजन गरेका छन् ।
मन्त्री राईले आइतबार नेपालगञ्जको हनुमानगढी मन्दिरमा नयाँ निर्माण भवनको शिलान्यास गरेका छन् । शिलान्यासमा प्रदेश सांसद विजय यादव, जिसस बाँकेका संयोजक अजय श्रीवास्तव लगायत उपस्थित थिए ।
हनुमानगढीमा राईको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत १० लाख वजेट छुट्टाइएको छ । यसैगरी सौन्दर्यकरणका लागि मन्त्रालयले छुट्टै टेण्डर आव्हान गरेको मन्त्रीका स्वकीय सचिव समसुल हक राईले बताए ।
यसैगरी बागेश्वरी मन्दिर र गुरुद्वाराका लागि समेत मन्त्रालयले वजेट विनियोजन गरी टेण्डर गरेको छ ।
फैजुन्नवी जामा मस्जिदका लागि समेत टेण्डर आव्हान भएको छ । मन्त्री राईले आगामी आवको वजेटमा बाँकेमा भौतिक पूर्वाधार निर्माणमा बढिभन्दा बढि वजेट पारिने प्रतिवद्धता जनाउँदै आएका छन्