अनुकूलताभित्र देखिएको क्रान्तिकारी अकर्मण्यता
सामन्तवादको अभुदय र साम्राज्यवादको उदयसंगै भुमण्डलिकृत पुजिबादको चरम बिकाससंगै बिश्व कम्युनिस्ट आन्दोलनको इतिहाँसमा देखापरेको दक्षिणपन्थी संसोधनबाद भडुवा माक्र्सवाद नै बिश्व सर्बहारा श्रमजीवी बर्गको मुक्तिको आन्दोलन बिजयको मुल समस्या बनेको हो ।
नेपालमा पनि कम्युनिस्ट पार्टीको स्थापना कालसंगै नेपाली कम्युनिस्ट आन्दोलनमा देखा परेका अबसरबाद आत्मसुरक्षावाद तथा दक्षिणपन्थी संसोधनबादको लामो समयसम्म सिकार बन्दै आएको हो । नेपाली कम्युनिस्ट आन्दोलन क्रान्तिकारी रुझानको हिसाबले आक्रामक देखिएपनी मुल नेतृत्वमा देखिएको दक्षिणपन्थी अबसरबाद र आत्मसुरक्षाबादी चिन्तनको उपजको कारण प्रतीरक्षाको बाटोमा रुमलिनु मुल समस्या बनेको हो ।
दुखद पक्ष यो होकि सातहजार बर्ष पुरानो नेपाल राष्ट्र निर्माण नेपाल एकीकरण र पुन एकीकरणको इतिहासलाई ऐतिहासिक भौतिकबादी कोणबाट अध्यन नगरी उल्झाइएको अप ब्याख्या गर्नुले कम्युनिस्ट आन्दोलन वैदेशिक साम्राज्यबादी शक्ति राष्ट्रको अनुकूलतामा प्रतिकुल्ताको तितो इतिहासमा रुमलिनु परेको यथार्थ हो ।
नेपालको ऐतिहासिक निर्माण र तथ्य
नेपाल राष्ट्रको निर्माणको ऐतिहासिक तथ्यको आधारमा रहेर अध्यन गर्ने हो भने पूर्वीय सभ्यताको मुल उदगम थलो मानिन्छ । राज्यहरुको निर्माण कार्यको आध्यात्मिक तथा भौतिकबादी कोणबाट अध्यन गर्ने हो भने संसारको छैटौं राष्ट्रको रूपमा निर्माण भएको पाइन्छ । पश्चिमा राष्ट्र निर्माण बर्गिकृत सभ्यताको आधारमा निर्माण भएको पाइन्छ । भने पूर्वीय राष्ट्र खासगरी नेपाल मिस्रीत सभ्यताको आधारमा निर्माण भएको पाइन्छ ।
पश्चिमा मुलुकमा जर्मनी, फ्रेन्च ,टर्की फ्रान्सेली अस्ट्रेलियन नर्बिक आदि बर्गिकृत सभ्यताको आधारमा बिकास नामकृत भएको पाइन्छ । तर नेपाल कुनैजात वर्ण समुदाय र धर्मको आधारमा नभएर सम्पुर्ण मानबजातिको एकीकृत र केन्द्रित बसोबास रहेकोे राष्ट्र भएकोले नेपाल राष्ट्र र नेपाली राष्ट्रियता सामुहिक साझा प्रेरित बनेको हो । बिशाल नेपाल पृथ्वीनारायण शाह भन्दा अगाडिको ऐतिहासिक तथ्यांक अध्यनबाट लिन सकिन्छ । बिट्रीस साम्राज्यवादले भारत कब्जा गर्दै अगाडि बढेपछि त्यसबाट बचाउन बिकेन्द्रिकृत टुक्राटुक्रामा अबस्थित नेपालका स साना राज्यलाई केन्द्रित बनाउन पृथ्वीनारायण शहाले पुन एकिकरण मार्फत केन्द्रीकृत नेपाल बनाउने काम गरेको इतिहास हो ।
यो कुरालाई नबुझेर नेपाली इतिहासमा दुइथरी अतिबादी व्याख्या हुने गरेको पाइन्छ । एकथरी ब्याख्या टुक्राटुक्रामा रहेका राज्यहरू नेपाल होइनन छुट्टै थिए । भन्ने अतिवाद अर्को अर्कोतिर नेपाल राष्ट्रको पहिलो पहलकर्ता नै पृथ्वीनारायण शाह हुन भन्ने अतिबादी सोचई दुबै अतिबादले अन्ततोगत्वा नेपालको अखण्डतामा आँच आउने गर्दछ । यो अतिबादको ब्याख्या बिदेशी भाब भुमिबाट प्रेरित छ ।
हरेक राजनीति पार्टीले नेपालको इतिहासलाई तथ्यगत अध्यन नगरी सैद्धान्तिक बलको आधारमा नेपाली समाजमा नयाँ परिवर्तन ल्याउन खोज्नु असत्य साबित हुने गर्दछ । जसको ऐतिहासिक प्रमाण २००७ सालदेखि २०१५ सालको मध्यावधि चुनाव २०३६ सालको जनमतसंग्रह २०४६ सालको जन आन्दोलन २०५२ सालको जनयुद्ध र २०६२ र ०६३ सालको जन आन्दोलनको लक्ष्य र यथास्थितिवादी राज्य ब्यबस्था रहि रहनुले हरेक राजनीति परिवर्तनको मुल ध्यय र अपरिवर्तित राज्यको स्वरुपको मुल समस्या नेपाली जनताको इच्छा चाहाना र बलिदानलाई वैदेशिक शक्ति राष्ट्रको अनुकूलता अनुसार सैद्धान्तिक ब्यापार र बैचारिक बिचलनको मुल कारण हुन पुगेको छ ।
बिपिदेखि प्रचण्ड हुँदै केपि वलि सम्मको राजनीति नेतृत्वले नेपाली जनताले चहाहेको परिवर्तन नेपाली भाबभुमि मौलिकता अनुसार सुहाउँदो संविधान कानुन र स्वतन्त्रता बिकासलाइ नबुझेर बर्गिकृत राष्ट्रको संविधान कानुनको सिको फेरेन र फाइनान्स पोलेसिले दशकौंदेखि नेपालको राजनीति समस्या यथास्थितिमा घुमिरहेको अत्यन्तै तितो सत्य इतिहास खेप्नुपरेको हो । अझत नेपालको झन्डै ७०५ कम्युनिस्ट सिद्धान्त प्रती आकर्षण भएका जनताको मनोभावनालाई नेपाली कम्युनिस्ट पार्टीले बस्तुनिष्ठ अगुवाइ र सम्बोधन गर्न नसक्नु दुर्भाग्य हो । मुख्यदोष नेपाली समाजको ऐतिहासिक भौतिकबादी अध्यन र ब्याख्या नहुनु नै प्रमुख रहेकोे हो ।
कम्युनिस्ट आन्दोलन पराजयको कारण
बिश्व कम्युनिस्ट आन्दोलनले सेट ब्याक खाएको केही समयमै नेपाली भुमिबाट कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा लिन पार्टी स्थापनाको गतिसंगै नौलो जनबादी क्रान्तिको बाटो तयारी गर्न आन्दोलित कम्युनिस्ट पार्टीको मुल नेर्तत्वले े आफ्नो बैचारिक बाटो किलियर गर्न नसक्नुले पार्टीको दोस्रो महाधिवेशन देखि दक्षिणपन्थी अबसरबाद आत्मसुरक्षबादी चिन्तनसंग लामो लडाइ लड्नुपरेको वास्तविक तथ्य हो ।
२०२८ सालको झापा बिद्रोहले नेपाली कम्युनिस्ट आन्दोलनमा थप उर्जा थपे पनी लक्ष्य र निति बीचमा सैद्धान्तिक तालमेल नमिल्दा झापा बिद्रोह तत्कालीन रूपमा राजतन्त्रको छायामुनी बहुदलीय जनबादको मुकुण्डो ओडेर बस्नुपर्ने बाध्यता सृजना भयो । त्यस्को लामो अध्यन र आत्मगत अबस्थाको तयारी सगै २०५२ साल फाल्गुन १ गतेदेखि संचालित जनयुद्ध जसरी २०५४ सालसम्म आइपुग्दा नेपाली जनताको भाब भुमी र इच्छा अनुसार नै संचालन रहयो । त्यसपछि साम्राज्यवादले अन्तर्रा्ष्ट्रिय रूपमा गरेको सूचनासंचार र आर्थिक बिकासलाइ र फौजी रणनीतिलाइ तत्कालीन जनयुद्धको नेर्तत्वकर्र्ता प्रचण्डले बुझ्न नसकेर नेपालमा पार्टी एच क्युलाइ असुरक्षा भयो भनेर छिमेकीको सहयोगमा भारतमा बसाइँसराइ गरेपछि माओवादी आन्दोलनमा आन्तरिक अन्तरबिरोध बढ्दै गयो ।
जब तत्कालीन माओवादीको प्रथम राष्ट्रिय सम्मेलनमार्फत प्रचण्डपथको मार्गमा माओवादी आन्दोलन अगाडि बढाउने निर्णय गरियो । त्यतिबेला प्रचण्डले ल्याएकोे एक्काइसौं शताब्दिको जनबाद मदनकुमार भण्डारीको बहुदलीय जनबादको सापटी भएको पुस्टिमात्र थियो । कुनै तत्काल दरबार र तत्कालीन एमाले समेतले प्रचण्डको एक्काइसौं सताब्दिको जनबादलाइ स्वागत योग्य भनेपछि प्रचण्डले कार्यदिशा दीर्घकालीन जनयुद्धको पास र अवतरण मार्ग संसदिय मार्ग नै रहेको स्पष्टता देखिन्छ ।
ससश्त्र शहरिया बिद्रोह र जनयुद्धको फ्युजन नाम दिएर एमाले मार्गमा कसरी अबतरण गर्ने मुख्य योजना हो । त्यतिबेलाको तत्कालीन केही क्रान्तिकारी लिडर सिपहरुको गिरफ्तार पछि प्रचण्डले माओवादी जनयुद्धको एकलौटी देबसान गराउने प्रयत्न सफल रहेकोे हो ।
कमरेड प्रचण्डको प्रत्यक्ष कमान्डमा रुकमको खारा असफल आक्रमण पश्चात् प्रचण्डमा आकस्मिक आत्मसुरक्षा र कायरताको उत्पादन भयो । त्यसैको फलस्वरूप प्रचण्ड बाबुरामले पश्चिमा राष्ट्र भारत र सात राजनीति दलसँग १२ बुदे सम्झौता अनुरूप अगाडि बढेपछि नेपालमा एकातिर जनताको जनमुक्ति सेनालाई (डिडिआर)गरेर सर्बहारा बर्गको शक्ति नामेट पार्ने साम्राज्यवादको रणनीतिमा प्रचण्ड हिडिसके पछी नत नेपाली कम्युनिस्ट आन्दोलनलाई तत्काल अगाडि बढाउन सक्ने अबस्थामा कुनै नेतृत्व उत्पादन भयो ।
नत पार्टी ्भित्र क्रान्तिकारी बहसको नै सुरुवात भयो । प्रचण्डमा आत्मसुरक्षाबादले जितिसकेपछी त्यसका विरुद्ध लडन सक्ने खालको युबा तथा नेता कार्यकर्तालाई आर्थिक पदिय प्रलोभनमा सिद्धाउने चलखेल प्रचण्डबाट सुरु भएको हो । मोहन बैद्य,नेत्र बिक्रम चन्दले क्रान्तिको बहस थालेपछि प्रचण्ड बाबुराम राजनीति तथा कार्यनीतिमा अल्पमत पर्दै आएको पनि यथार्थ हो ।
पहिलो संविधानसभा मार्फत जनताको संविधान र मुक्ति नदेखिएपछी केही क्रान्तिकारी नेता कार्यकर्ताको वास्तविक अगुवाइमा कम्युनिस्ट पार्टीको झण्डा उठाउने आट गरेर नयाँ पार्टीको निर्माण गर्नु भो त्यो अत्यन्तै आबश्यक र सकारात्मक बनेर आएको थियोे ।
असत्यता भित्रको बास्तबिकता यथार्थ ।
दोस्रो संविधानको घोषणासगै नेपालमा इतिहासकै सबैभन्दा अस्थिरता र सामाजिक असन्तुष्टि बढेर गएकोमा काहीँ कसैलाई पनि अनबिज्ञता नहोला यो किन र कसरी आयो ? भनेर भन्ने कुरामा मुख्यत यो संविधान नेपाली र नेपालको राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको सिङ्गो विरुद्धमा छ । किनकि १२ बुदेको भाब नै नेपाललाई कसरी नब उपनिवेश बनाउन सकिन्छ । त्यसको मर्म अनुसार नै यो संविधान निर्माण भएको हो ।
संसदिय निर्वाचनपछी उत्पन्न राष्ट्रिय समस्याहरु बर्तमान संविधानका समस्या उपज हुन । बर्तमान संविधान रहदासम्म जुनसुकै राजनीति पार्टीको सरकार बनेपनी राष्ट्रिय रूपमा समस्या अरु चुलिएर जानेछ खतरापूर्ण संकेतत यो देखिन्छकि यो संविधानले राष्ट्र सक्ने खतरा छ । प्रचण्डले उत्पादन गरेका जनयुद्धको कुनैपनी एजेन्डा यो संविधान भित्र नदेखिएको यो गम्भीर मोडमा नेपाली जनतालाइ नयाँ निकास दिन नस्क्ने हो । भने प्रचण्डले बन्न खोजेको लाल फासिबाद युरोपेलीहरुको उक्सावटमा प्रखर बनेर आउने देखिन्छ ।
क्रान्तिकारिमा देखिएको अकर्मण्यता र राष्ट्रिय अनुकूलता
बर्तमान राज्य ब्यबस्था सिमित भु माफिया तथा दलाल पुजीवादी बर्गको हित अनुकूल भएको र उनीहरुको इशारामा बनेको कथित कम्युनिस्ट सरकार बिदेशी तथा स्वदेशी भुमाफियाको तर्साउने बुख्याचा हो । यसले नेपाली जनताको कुनै वास्तविक समस्यामा पुग्नसक्ने संभावना देखिदैन । यो अबस्थामा बैद्य नेर्तत्वकोे नेकपा क्रान्तिकारीले माओवादी मोहन बिक्रम सिंहको नेकपा मसाल बिप्लवको नेकपा गोपाल किरातिको माओवादी केन्द्र ऋृषि कट्टेलको नेकपा आहुतिको बैज्ञानिक समाजबादी दल आदि एक ठाउमा आउन जरुरी छ ।
यो संविधानलाई खारेज गर्न सडकमा विशाल जनसमुदाय मार्फत अगाडि बढेपछि उत्तर र दक्षिण दुबै मौन समर्थनमा रहनेछन । भने नेपाली लाखौं करोडौंको साथ रहने छ कम्युनिस्ट एकता देखि राष्ट्रिय रूपमा देखिएका उत्पन्न समस्याको लागि क्रान्तिकारी एकतामा अकर्मण्यता देखिने हो । भने त्यो नेतृत्वले न त क्रान्ति गर्छ न त संगठनका हरेक योजनाको रक्षा गर्छ ।
त्यो समस्या सिकार बन्नु हुन्न भन्ने तिरको अबको बहस केन्द्रित जरुरी छ । बर्तमान संविधानको पक्षमा पश्चिमा राष्ट्रहरु बाहेक नेपाली जनता र छिमेकी मुलुकहरू छैनन । यो अनुकूल परिस्थितिको सहि सदुपयोग गर्न नसक्ने हो । भने बलियो दुर्घटना घटने सम्भावना देखिन्छ ।
त्यसपछि बिप्लवको बाटोमा नयाँ तगारो लाग्नेछ । नेपाली भुमिबाट कम्युनिस्ट आन्दोलन १० दशक पछि धकेलिने छ । त्यो प्रक्रियामा पश्चिमीहरुको विरुद्धमा नसोचेको स्वाभिमानी लडाइको केन्द्रीकृत मोर्चको खाचो पर्ने छ । त्यो मोर्चा अन्तत प्रचण्ड मार्गमा पुग्नसक्ने खतरा हुनपनी सक्छ । त्यसैले हामी के देखिरहेका छौ त्यो प्रमुख हुदैन बस्तुगत अबस्था के भहएको छ त्यो प्रमुख कुरा हो । परिस्थिति अनुकूल खोज्ने हो भने यो जस्तो अनुकुल परिस्थिति सायद कमै आउन सक्छ ।