कुरौटेहरुको सरकारले मुलकलाई अस्तब्यस्त बनायो – डा.प्रकाशशरण महत
नुवाकाेट,नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपालमा कम्युनिष्टहरुको कुरौटे सरकार भएकोले मुलुकले सोचेअनुरुपको समृद्धी हासिल गर्न नसकेको बताएका छन ।
नेपाल महिला संघ नुवाकोटद्वारा आयोजित नव बर्ष २०७६ को शुभकामना आदानप्रदान तथा नेपाल महिला संघको नारा रास्ट्रियता एकता लोकतन्त्र समाजवाद महिला सशक्तीकरण विषयक अन्तरक्रीया कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका सहमहामन्त्री समेत रहेका डा महतले नेपालको बतर्मान राजनितिकको मुख्य गतिरोध गफाडी सरकार भएको बताए ।
सहमहामन्त्री डा महतले कम्युनिष्ट भनौदाहरुका गफले मुलुक अस्तब्यस्त अबस्थामा पुर्याएकाे दावी गरे । उनले भने गफ चुटेर देश बन्दैन ।
त्यस्तै कार्यक्रममा बोल्दै सांसद तथा महिला संघ नुवाकोटकी अध्यक्ष कल्पना नेपालीले सामाजिक बिभेदका बिरुद्धमा महिलाहरु अझै शसक्त भएर जुरमुराउने पर्ने बताइन । उनले मुलुकमा लोकतन्त्र कागजमा संस्थागत भएपनि ब्यवहारीक रुपमा सामाजमा संस्थागत गर्न जरुरी रहेको जिकिर गरिन ।
कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मा.बहादुर सिंहलामा पुर्व जिल्ला सभापति ध्रुव अधिकारी महिलासंग केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारी,के.स. समिता खड्गी,के.स.गोमा गुरुङ लगयातका उच्च तहका नेताहरुको समेत सहभागिता रहेको थियो ।