सुनसरीको जुद्धगञ्जमा आगलागी, नौ घर जलेर नष्ट

नसरीको कोशी गाउँपालिका ४ जुद्धगञ्जमा विद्युत सर्ट भएर आगलागी हुँदा नौ घर जलेर नष्ट भएको छ । शुक्रबार बिहान सवा ८ बजे हावाहुरीका कारण बिजुलीको लाईन सर्ट भई आगालागी भएको हो ।

स्थानीय रहमान मन्सुरीको घरबाट सुरु भएको आगो फैलिएर छिमेकी ललित मिया, सलिम मिया, फिरोज मिया, फरोज मिया, मलिम मिया, कलाम मिया, ऐजुक मन्सुरी र कैजुम मन्सुरीको घरमा फैलिएको थियो ।

आगो नियन्त्रणको लागि इनरुवा, इटहरी, दुहबीबाट गएको दमकल, प्रहरी र स्थानीयको सहयोग मिलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीबाट भएको क्षति विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।