भेरी नगरपालिकाले मल्लको उपचारमा गर्यो रु १ लाख १५ हजार सहयोग

दुबै मृगौला फेल भएर राजधानीको ललितपुर धापाखेल स्थीत सुमेरु किडनी अस्पतालमा डाइलोसिस गरीरहेका युवा विद्यार्थी नेता कालीबहादुर मल्लाई भेरी नगरपालिका जाजरकोटले रु १ लाख १५ हजार सहयोग प्रदान गरेको छ । बिहिबार भेरी नगरापालीका मेयर चन्द्रप्रकाश घर्ति सिपी घर्ति अस्पतालको प्रागंनमा पुगेर उक्त रकम हस्तातरण गरेका हुन ।

नेता मल्लको उपचारको लागि एक लाख सहयोग गर्ने नगरपालिकाको निर्णय अनुसार सहयोग गरिएको बताइएको घर्तिले बताए । एक जुझारु र सक्षम युवालाई बचाउनु सबैको कर्तव्य भएको भन्दै सबै पदाधीकारीहरुले तलब सहित नगरपालिकाको तर्फबाट रु १ लाख सहयोग गरिएको जानकारी दिए । उक्त रकम हस्तान्तरण गर्दै मेयर घर्तिले भने जाजरकोटी कुनै पनि सक्षम युवाहरुको लागि आफुले गर्ने सक्ने सबैप्रकारको सहयोग गर्ने बताउदै उनले मल्लको लागि सबै प्रकारको सहयोग गर्न तम्तयार रहेको बताए ।

विद्यार्थी नेता मल्ल लामो समयदेखि मृगौलाको डाइलोसिस गराई रहेका छन । उनि कुशे गाँउपालिका वार्ड नं ५ ढिमे निवासी हुन् । लामो समयदेखि मृगौला रोगबाट पीडित मल्ल निरन्तर समाजसेवामा लागेका कारण आफ्नो उपचार गर्न समेत सकेका थिएनन ।

पाँच महिना अघि नै चिकित्सकले डाइलासिस गर्नुपर्ने भने पनि मल्लले उपचार गर्न सकेका थिएनन । ३१ वर्षका मल्ल जुझारु विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए । चिकित्सकका अनुसार उनको दुबै मृगौला प्रत्यारोपण गर्नुपर्छ । त्यसका लागि ठूलो रकम लाग्ने बताइन्छ ।