प्रधानमन्त्री पुगे हावाहुरी प्रभावित क्षेत्र बारा – गरे यस्तो घोषणा

नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावित क्षेत्र पुगेका छन । प्रधानमन्त्री  ओली प्रभावित क्षेत्र पुगि आफ्ना सबै सांसदहरुको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने जानकारी गराएका छन । 

 प्रधानमन्त्री ओलीले कार्यकर्ताहरुलार्य राहत र उद्दारमा खटिनसमेत निर्देशन दिए । प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका हुन्।

झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री सोमबार दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा गएका हुन्। उनी भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया पुगेका छन् ।

प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिए।  कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी समेत लिए। प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिएका थिए।

हावाहुरीले कलैजा उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ।