लागुऔषध ओसारपसारगर्ने गिरोहको सञ्जाल बर्दियामा पनि सक्रिय

जिल्ला प्रहरी कार्यालयद्वारा धमाधम पक्राउ

लागुऔषध ब्राउनसुगर बेचबिखन गर्ने गिरोह बर्दिया जिल्लामा सकृए रहेको  छ । भारतमा १०० रुपैँयामा पाइने ब्राउनसुगर हाल काठमाडौँमा ७ देखि १० हजार रुपैयाँ पर्छ भने काठमाडौँमा कारोबार बर्दियाबाटबाट केही सहचालकले गर्ने गरेको पाइएको हो  । नार्कोटिक्स डिपार्टमेन्टले दिएको जानकारी अनुसार बर्दियामा समेत लागू औषध नियन्त्रण ब्युरोको टोली राख्ने जानकारी बाँके लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयद्वारा धमाधम पक्राउ

केही महिना अघि बर्दिया प्रहरीले काठमाडौँ जाँदै गरेको गाडीमा गोप्य सुचनाको आधारमा भादा नदीमा लागुऔषध ब्राउन सुगर पक्राउ गरेको थियो । उक्त गाडीका मालिकलाई यस विषयमा थाहा थिएन ।

सह-चालकले गोप्य रुपमा लुकाएर लग्न लागेको अवस्थामा भन्ने थाहा नभएकोले उनले दुखपनी पाए । उनका सहचालकले काठ्माडौँ प्रत्यक ट्रीपमा ब्राउनसुगर लगेर सिधा डिल गर्ने गरेको प्रहरे स्रोतको दाबी छ । बर्दिया जिल्लामा केही गाडीहरुमा अँजैपनी ब्राउन सुगर ओसारपसार हुने गरेको छ ।

जिल्लामा अहिले प्रहरीले कडाई गरेपछि केही कम भएतापनी साना-साना नाबालकहरुले समेत यो लतमा फसेका छन । २-३ वोटा गाडीहरुलाई बाँके लागू औषध ब्युरोले निगरानीमा राखेको छ । बर्दिया जिल्लामा लागुऔषध बेचबिखन गर्न बारबंकी टिकिराबाट ल्याउने र ५ नंबर प्रदेशमा बिक्रिबितरण्ण गर्ने गरेका छ्न ।