चर्चित सामाजिक अभियान्ता कार्किले गरे युवानेता मल्लको दिर्घायुको कामना

जाजरकोटका चर्चित सामाजिक अभियान्ता नर बहादुर कार्कीले मृगौला रोगबाट पिडित जाजरकोटका युवा नेता केबी मल्ललाई स्वास्थ्यमा दिर्घायुको कामना गरेका छन । 

अभियान्ता कार्कीले राजधानीको ललितपुर धापाखेल स्थिति सुमरू अस्पतालमा गयर स्वास्थ्य लाभसंगै दिर्घायुको कामना गरेका हुन । 

उनले एक जुझारु युवा नेताको स्वास्थ्य अबस्था बिग्रदा चिन्ताको बिषय बनेको बताए । 

कार्कीले जिवनको बिषयमा संसारभर प्रशिक्षण दिदै अाईरहेका छन ।  

 दुबै मृगौलाले काम गर्न नसक्ने अबस्थामा पुगेपछि युवानेता मल्ल अस्पताल भर्न भएका थिए । मल्लको बिषयमा जानकारी पाइसकेपछि सामाजिक अभियान्ता अस्पताल पुगेका हुन । 

उनले मल्लको स्वास्थ्य लाभको कामना गर्नुका साथै प्रक्रियागत सहयोग समेत गर्ने बताएका छन । जाजरकोट घर भएका ३१ वर्षका मल्ल जुझारु क्रान्तिकारी विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए ।

जाजरकोटी कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय सशक्त युवा नेताका रुपमा देखिएका मल्ल एक वर्षदेखि मृगौला रोगबाट पीडित छन् । चिकित्सकका अनुसार उनको दुबै मृगौला ८० प्रतिशत काम गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

केही महिना पहिले वीर अस्पतालमा जाँच गर्दा मृगौला रोगका लागि परिक्षण गरिने क्रिटीनाइन इन्डिकेटर ५ रहेकोमा मंगलबार फेरि चेक गराउँदा बढेर १५ पुगेको पाइएको छ ।