नोबेल शान्ति पुरस्कारबारे यस्तो भन्छन इमरान खान

पुरस्कारको हकदार म होइन

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कार आफुलाई भन्दापनि कश्मीर समस्याको समाधान निकाल्ने व्यक्तिलाई यो पुरस्कार दिइनुपर्ने बताएका छन् । उनले आफु नोबेल शान्ति पुरस्कारको हकदार नभएको बताएका हुन ।

इमरानले यस समस्याको भएपछि उपमहाद्वीपमा शान्ति र मानवीय विकासको मार्ग पनि तयार हुनेछ । भारतीय लडाकु जहाजका पाइलट अभिनन्दन वर्तमानलाई रिहा गरेपछि आफूलाई नोबेल पुरस्कार दिइनुपर्ने बहस भइरहेका बेला इमरानले मुख खोलेका हुन् ।

भारतीय पाइलटलाई रिहा गरेपछि पाकिस्तानमा इमरानलाई नोबेल पुरस्कार दिनुपर्ने अभियान नै चलाइएको छ। अहिलेसम्म तीन लाख भन्दा धेरै मानिले इमरानलाई नोबेल दिनुपर्ने कुरामा समर्थन जनाउँदै हस्ताक्षर अभियान चलाइरहेका छन् । अभिनन्दनलाई रिहा गर्नुअघि गत बिहीबारको संसद्को संयुक्त बैठकमा बोल्दै इमरानले यो पहल कश्मीरमा शान्तिको तर्फ एउटा कदम भएको बताएका थिए ।

पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले इमरानलाई नोबेल पुरस्कार दिने प्रस्ताव संसद सचिवालयमा पेश गरेका थिए । यसमा भारतको आक्रमण रवैयाकाका कारण परमाणु शक्ति सम्पन्न देशबीच युद्धको अवस्था बनेका बेला इमरानको कदमले शान्तिको बाटो खोलेको जनाइएको छ ।

प्रस्तावमा शान्तिका लागि इमरानको कदमको सबैले प्रशंसा गर्नु पर्ने उल्लेख गरिएको छ । यसका लागि उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गर्नु उपयुक्त हुने उनको भनाइ छ ।

यसैबीच पाकिस्तान पिपुल्स पार्टी पीपीपीका वरिष्ठ नेता सैय्यद खुर्शिद शाहले अझै पनि यो उपमहाद्वीपमा युद्धको हालत रहेको जिकिर गरे । युद्धको अवस्था नटरेको भन्दै उनले इमरानलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिनु हतार हुने बताएका छन् । उनले भारतीय पाइलट अभिनन्दनलाई रिहा गरिएकोमा पनि प्रश्न गरेका छन् ।

शाहले यस जटिल समयमा विपक्षले सरकारलाई पूरा सहयोग दिए पनि इमरानले विपक्षी सांसदलाई भेटसम्म नदिएको गुनासो गरे । उनले नोबेल पुरस्कारको चर्चा गरिरहेका बेला इमरानले विपक्षी सांसदहरुलाई भेटसमेत नदिएर रुखो व्यवहार देखाएको आरोप लगाएका छन् ।