पाकिस्तानले भारतीय पाइलट अभिनन्दनलाई शुक्रबार रिहा गर्ने

इमरानले भने, ‘यो शान्तिको सन्देश’

पाकिस्तानी वायूसेनाले कब्जामा लिएका भारतीय पाइलट अभिनन्दन वर्तमान रिहा हुने भएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमारान खानले संसदमा संवोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

हिजो पाकिस्तानले आफ्नो क्षेत्रमा आएको भारतीय लडाकु बिमानमाथि आक्रमण गरेर खसालेको थियो । यस क्रममा पाइलट अभिनन्दन पक्राउ गरेका थिए । भारतले उनलाई छुटाउन कुटनीतिक प्रयास गरेको थिय ।

शान्तिको सन्देश हो इमरान

इमारानले पाकिस्तानले शान्तिको सन्देश दिनका लागि यो कदम उठाएको बताएका छन् । यसअघि भारतले पाकिस्तानलाई बिना शर्त अभिनन्दनलाई रिहा गर्न माग गरेको थियो ।

पाकिस्तानले भारतको मिग २१ लडाकु विमानलाई बुधबार खसालेको थियो । जसमा अभिनन्दन पक्राउ परेका थिए ।

यसअघि, पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरेशीले जिओ टिभीसँगको अन्तरवार्तामा पाकिस्तानी प्रधानमन्त्री इमरान खान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ताका लागि तयार रहेको बताएका थिए ।