भारतले आक्रमण गरे चुप लागेर नबस्ने पाकिस्तानी प्रधानमन्त्री खानको चेतावनी !

काश्मिरको हमलामा अनाबश्यक नजोडन आग्रह

पाकिस्तानका प्रधानमन्त्री इमराज खानले भारतले आफ्नो देशमाथि आक्रमण गरे पाकिस्तानले कुनै सोच–विचारबिनै त्यसको जवाफ दिने चेतावनी दिएका छन् । मंगलबार एक कार्यक्रममा सम्बोधन गर्दै सो चेतावनी दिएका हुन् । प्रधानमन्त्री खानले काश्मिरकाे घटना दुखद भएकाे भन्दै पाकिस्तानलाइ नजाेडन आग्रह गरेका छन ।

  भारत प्रशासित जम्मु–कश्मिरको पुलवामा गत बिहीबार ४० सुरक्षाकर्मीको मृत्यु हुनेगरी भएको आत्मघाती आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भारतले आरोप लगाउँदै आएको छ ।

तर भारतले पाकिस्तानमाथि बिनाप्रमाण आरोप लगाएको प्रधानमन्त्री इमरान खानले बताएका छन् । पाकिस्तान स्थायित्वतर्फ अघि बढिरहेका बेला भारतले बिना आधार आरोप लगाइरहेको प्रधानमन्त्री खानले बताए । पाकिस्तानी भूमिको प्रयोग गरेर कुनैपनि आक्रमण गरिए त्यो आफूहरुको पनि शत्रु भएकाले पाकिस्तानमै आएर जाँच गर्नसमेत उनले आग्रह गरे ।

प्रधानमन्त्री खानले छलफलबाट सबै विषयको समाधान निकाल्न सकिने भएकाले कश्मिरको विषयमा छलफल गर्न भारतलाई आमन्त्रणसमेत गरे ।

उता भारतमा पाकिस्तानमाथि भारतले सैन्य कारबाही गर्नु पर्ने भन्दै सामाजिक सञ्जालमा माग बढ्दै गएको छ । भारत र पाकिस्तान दुबै देश आणविक हतियार सम्पन्न देश हुन् । दुई देशका प्रधानमन्त्री तथा सरकारको अभिब्यक्तिले आणविक युद्धको खतरा बढेको जानकारहरु बताउँछन् ।