यसरी सम्पन्न भयो एक हप्ते बिशेष फरकधारको पत्रकारिता तालिम

खुशिले गदगद भए प्रशिक्षार्थी

बाँके,नेपालगञ्ज एक हप्ता अगाडि सुरु भएको पत्रकारिता तालिम सम्पन्न भएको छ । कुसे न्युज डटकमको आयोजनामा करिब ७ दिनसम्म चलेकाे पत्रकारिता तालिम शनिवार नेपालगन्ज स्थित सिएस्टी होटलको सभाहलमा सम्पन्न भएको हाे।  कुसेन्युज डटकमका प्रधान सम्पादक भौतिक मल्लको सभापतित्वमा सम्पन्न उक्त समापनको कार्यक्रममा प्रमुख अतिथि नेपालगजञ्जका पत्रकारिता क्षेत्रका धरोहर पन्नालाल गुप्ता चाचा जि रहेका थिए ।

सक्षम पत्रकार उत्पादन तथा पछिल्लो समय पत्रकारितामा भएको बिकास र यसका बिभिन्न क्षेत्रका पाटा पक्षका बिषयमा भएको तालिममा  दक्ष तथा अनुभवी पत्रकारहरूले प्रशिक्षण दिएका थिए । तालिममा पत्रकारिताका बिभिन्न आयम र पछिल्लो समय फरक पत्रकारिताको अभ्यासका बिषयमा तालिम दिइएकाे थियो । प्रमुख प्रशिक्षक प्रभात चलाउने ,प्रशिक्षक सुरज प्याकुरेल लगायतका अनुभवी प्रशिक्षकहरुले हप्ताभरि तालिम दिएका थिए ।

 तालिममा मध्य तथा सुदुरपश्चिमका बिभिन्न जिल्लाबाट ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथि प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता चाचा रहेको कार्यक्रममा बिद्यार्थीहरुलाई प्रमाणपत्र समेत उपलब्ध गराइएको थियो । करिब एक हप्ता लामो समय चलेको तालिमले आफुहरूलारर्इ उत्साहित बनाएको तालिममा सहभागीहरूले बताए । उनिहरूले नेपालको पत्रकारिताको पछिल्लो अबस्थाको बिषयमा अपडेट हुन पाउदा खुशिले गदगद भएको समेत बताएका थिए ।

गुडलिंक मिडिया प्रालीद्धारा संचालित कुशे न्युज डटकमको आयोजनामा संचालित तालिमको मुख्य प्रयोजकमा द क्रिपर कन्ट्रक्सन डोल्पा, रारा एड्भाञ्चर प्राली काठमाडौं, होटल त्रिपुरा डोल्पा, हिमालयन इन्जिनियरिङ्ग वर्कशप एण्ड ट्रेडर्स नेपालगञ्ज रहेका थिए भने, सह–प्रयोजकमा विजय ईलेक्ट्रोनिक्स एण्ड सप्लायर्स नेपालगञ्ज, इलेक्ट्रो पावर इन्जिनियरिङ्ग प्राली नेपालगञ्ज, शुभलक्ष्मी मोटर ड्राईभिङ्ग टनिङ्ग सेन्टर नेपालगञ्ज, , विसी मोवाईल सेन्टर, होटल फुलवारी गेष्ट हाउस कोहलपुर, सिएसटी होटल एण्ड पार्टी प्लेस नेपालगञ्ज रहेका थिए ।

त्यसैगरि तालिममा उल्लेखय भुमिका खेलेको भन्दै द क्रिपर कन्ट्रन्कसनका प्रोपाइटर तिलक डाँगी,रारा एड्भेञ्चर प्रालीका निर्देशक देबिकृष्णा रोकाया, डिजिटर सञ्चारका प्रधान सम्पादक दिप बहादुर घर्ति,त्रिपुरा सञ्चारका बालकृष्णा डाँगी,युवा उद्यमी सराज अहमद रंगरेजलार्इ प्रशंसा पत्र प्रधान गरिएको थियो । भने सह प्रायोजकहरू सबैलाइ कदरपत्र दिइएको थियो ।

उक्त तालिमको सहकार्यमा त्रिपुरा सञ्चार, ननस्टप खबर, डिजिटल संचार डटकम अनलाईन रहेका थिए ।