१५ विधेयक अलपत्र छाडेर सभामुख महरा चीन जाँदै
प्रकासित मिति : २०७५ भाद्र १४, बिहीबार ००:५९
प्रकासित समय : ००:५९
मौलिक हक कार्यान्वयनका लागि असोज २ भित्रै झन्डै डेढ दर्जन विधेयक पारित गरिसक्नुपनेमा सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकै रोकेर विदेश जाने तयारीमा छन्।
‘तिब्बत पर्यटन तथा सांस्कृतिक एक्स्पो’मा सहभागी हुन उनी १० सदस्यीय टोली लिएर आगामी २२ गते चीनको ल्हासा जान लागेका हुन्। टोली २७ गते फर्किने कार्यक्रम रहेको छ।
सभामुखको निजी सचिवालयले सभामुख चीन जान लागेको पुष्टि गर्यो। असोज २ सम्म मौलिक हकसम्बन्धी १५ वटा विधेयक संसदले पारित गरी प्रमाणीकरण भइसक्नुपर्नेछ। बल्ल एउटा विधेयकमा दफावार छलफल सुरु भएको छ। संविधानको धारा ४७ मा संविधान जारी भएको तीन वर्षमा मौलिक हक कार्यान्वयन गर्ने कानुन बनाइसक्नुपर्ने अनिवार्य व्यवस्था छ।