मानवसेवामा उत्कृष्ट काम गरेबापत सामाजसेवी भुमिका सम्मानीत
मानबसेवामा उत्कृष्ट योगदान गरेबापत सामाजसेवी तथा साहित्यकार भगवती रोका भुमिकालाई सम्मान गरिएको छ । बालबालीकाको लागि ज्योतीनामक संस्थाबाट सामाजसेवी भुमिकालाई सम्मान गरिएको हो । नेपाल बालबालिकाको ज्योतिले आफ्नो १४ औँ साधारण सभामार्फत मावबसेवामा उत्कृष्ट भुमिका खेलेको र नयाँ जिवन दिएको भन्दै सम्मान गरेको छ ।
HDNP NEPAL की उपाध्यक्ष समेत रहेकी भुमिका निरन्तर टुहुरा अबोध बालबालिकाहरूको सेवामा समर्पित थिइन । आफ्नो संस्थाको चौधौँ बार्षिकोत्सवको अवसर पारेर उक्त संस्थाले सहयोगी दाताहरू सबैलाई सम्मान गरेको थियो ।
HDNP NEPAL ले आश्रममा आश्रय लिर्इरहेका असाह्य ,बृद्द तथा अनाथ बालबालीकाहरूलाई खाध्यान्न ,लत्ताकपडा,स्टेसनरी सामान,किताब,बच्चाहरूको फि,राहात सामान बितरण,रक्तदान,दूर्गम क्षेत्रका स्कूललाई सेतोपाटि बितरण जस्ता कार्यक्रम गर्दै आईरहेकोछ । संस्थाको सदस्यहरूले सदस्य खुत्रुके कलेक्सन र सहयोगी दाताहरूको सहयोग संकलन गरिरहेको छ ।
यो सम्मानले संस्थालार्इ ंअझै उत्साहित बनाएको भगवति रोका भुमिकाले बतार्इन । भुमिकाले आफ्नो सामाजिक सेवाको यो अभियान निरन्तर जारी रहने समेत जानकारी दिइन ।