विश्वका शक्तिशाली व्यक्तित्वहरुको पहिलो सूचिमा सी जिनपिङ

 सार्वजनिक गरेको विश्वका सर्वाधिक शक्तिशाली व्यक्तित्वहरुको सूचीमा चारपटकसम्म पहिलो स्थानमा रहिसकेका रुसका राष्ट्रपति भ्लाद्मिर पुटिनलाई पछि पार्दै पहिलोपटक चीनका राष्ट्रपति सी जिनपिङले शीर्ष स्थान हासिल गरेका छन् । त्यसैगरी उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आफ्नो अधिक लोकप्रियताका कारण यस वर्ष नवौँ स्थानमा परेका छन् । भारतबाट उनका साथै चर्चित व्यवसायी मुकेश अम्बानीले पनि यस सूचीमा ३२ औँ स्थान प्राप्त गरेका छन् ।

फोर्ब्सले सार्वजनिक गरेको ७५ व्यक्तित्वहरुको सूचीमा नेपालबाट भने कसैको नाम उल्लेखित छैन । फोर्ब्सका अनुसार पृथ्वीको ७ अर्ब भन्दा बढी जनसङ्ख्यामा यिनै ७५ व्यक्तित्वहरुको प्रभाव सबैभन्दा बढी रहेको छ । फोर्ब्सले यी व्यक्तिहरुको छनौट मानिसहरुमा उनीहरुको कार्य र बोलीले पार्ने अधिक प्रभावका आधारमा गर्ने गरेको बताएको छ ।

१० वर्षसम्म शीर्ष दश स्थानमा रहँदै आएकी जर्मनीकी चान्स्लर एन्जेला मार्कल यसपटक भने चौथो स्थानमा आएकी छन् । उता कानूनी अनुसन्धान र विभिन्न काण्डका कारण अमेरिकी राष्ट्रपति ट्रम्प भने तेस्रो स्थानमा परेको बताइएको छ । त्यसैगरी यस वर्षको सूचीमा फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरबर्ग र बेलायती प्रधमानमन्त्री टेरेजा मेलाई समेत पछि पार्दै धेरै अघि आएका भारतका प्रधानमन्त्री मोदीको फोर्ब्सले समेत अधिक चर्चा गरेको छ । राजनीतिज्ञहरुमा ट्रम्पपछि सबैभन्दा धेरै ट्वीटर फलोअर भएका मोदीको प्रभाव भारत लगायत अन्तर्राष्ट्रिय जगत्मा पनि उत्तिकै रहेको फोर्ब्सले बताएको हो ।