यसरी हुन्छ प्रहरीकै मिलोमतोमा दिनदाहाडै जुवा संचालन

काठमाडौंको चन्द्रागिरी नगरपालिका स्थित मातातिर्थ र सतुंगल क्षेत्रमा प्रहरीले नै अवैध जुवा संचालकलाई संरक्षण गर्ने गरेको पाइएको छ । काठमाडौंको मुख्य नाका थानकोट नजिक सतुंगल,बलम्बु,गुर्जुधारा लगायत ठाउंहरुमा गोप्य रुपमा संचालन भइरहेका अवैध जुवाघरमा प्रहरी वृत थानकोटमा दरबन्दी भएर हाल बलम्बुमा कार्यरत प्रहरी सहायक निरिक्षक गोविन्द साउदले जुवा संचालकहरुलाई संरक्षण दिने गरेको सुचना बाहिर आएको हो ।

 

सहायक निरिक्षक साउदले पक्राउ गर्न जानु पहिले नै जुवा संचालकलाई भगाउने गरेको र खेलमा संलग्नहरु मात्र पक्राउ पर्ने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक ब्यत्तिले हामीलाई बताएका छन् । बोसीगाउंमा जुवा संचालन गर्ने चन्न्द्रागिरी धाक्सीका हिरा शाहीले जुवा संचालन गर्ने गरेको गोप्य सूचनाका आधारमा प्रहरी हरेक पटक सो क्षेत्रमा पुग्दा उनी हरेक पटक फरार हुने गरेका छन् । जुवा संचालक हिरा शाही र बलम्बु प्रहरी प्रभागमा कार्यरत प्रहरी सहायक निरिक्षक गोविन्द साउदले सूचना दिइ पक्राउ गर्न जानु पुर्व नै संचालक शाहीलाई भगाउने गरेको खेलमा संलग्नहरुको भनाइ छ ।

त्यस्तै पिकनिक भन्दै बोलाउने र तास खेलाउने पेशा गर्दै आएका सतुंगलकै निरज प्रजापतिसंग पनि साउदको साठगाठ रहेको पाइएको छ । केही समयअघि गोप्य सूचनाकै आधारमा प्रजापतिलाई पक्राउ गर्न गएको थियो । तर प्रहरी प्रभावबाट हिडैसंगै सूचना दिएर भगाइएको बताइएको छ ।

प्रजापति निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्याकण्डमा मुछिएका व्यक्ति पनि हुन । त्यस्तै संगुलमै अवैध पोट संचालन गराउदै आएका अर्का दुध डेरी संचालकसँग पनि साउदको मिलेमतो रहेको पाइएको छ भने यातायात कार्यालय गर्जुधारका बिचौलियाहरुसग समेत मिलेर काम गर्ने गरेको स्वयंम विचौलियाहरुले नै बताएका छन् ।