राष्ट्रिय स्वाभिमानको प्रमुख खतरा चट्की राष्ट्रवाद हो

जब देशमा सामाजिक संगठन एकरूपतामा बाधिएको हुन्छ । त्यसलाई बिखण्डन गर्न साम्राज्यवादले आर्थिक राजनीतिक धार्मिक र साँस्कृतिक प्रलोभनमा पारेर राजनैतिक अस्थिरता यथावत राखेर सामाजिक वैमनस्यता उत्पादन गरेर राष्ट्रलाई बिखण्डन पार्दछ्न ।

-लेनिन

लेखक

दक्षिण क्षिमेकी भारतमा तत्कालीन बेलायत साम्राज्यवाद प्रवेश गर्दा खेरिको तितो सत्यता छ । जतिबेला आर्थिक राजनितिक धार्मिक बिखण्डनको प्रलोभन देखाएर तत्कालीन भारतलार्इ बिखण्डन गरेर टुक्रा टुक्रा पारेर अहिलेसम्म आइपुग्दा पनि राजनीतिक रूपमा एउटा राष्ट्रदुईवटा नाममा बिभाजन गरेको छ । त्यस्तै आफ्नो स्वार्थ परिपुर्ति गर्न साम्राज्यवादले भेनेज्योयला,युगोस्लाभीया लगायत विभिन्न उत्पीडित राष्ट्रहरुमा आफ्नो समय अनुकूलको नीति अबलम्बन गरेको यथार्थ हो ।

त्यस्तै नेपालमा पनी डरलाग्दो र भयानक खतरा गुरु योजनामा प्रवेश गर्न पश्चिमी साम्राज्य सफल भएको छ । जतिबेला आधुनिक नेपाल निर्माणसँगै नेपाली जनसमुदायमा बाँधिएको राष्ट्रिय एकता र स्वाभिमानलाई नयाँ ढङ्गले बिखण्ड्नगर्न तत्कालीन पश्चिम् युरोप अमेरिकी एकठाँउमा उभिएर नेपाललाई नियन्त्रीत राजनीति अस्थिरता र स्थिर अपांग संविधान निर्माण गर्न सफल भएका छन ।

नेपाललाई भौगोलिक बिभाजन जातीय बिभाजन धार्मिक खण्डन गरेर राष्ट्रलाई बिखण्डन गर्न विभिन्न माध्यमबाट सफल भएका छन। त्यो हो वर्तमान संविधान अबैज्ञानिक संघियता र उत्पन्न परिणाम हुन । भौगोलिक रूपमा हिमाल पहाड तरार्इलाइ बिभक्त गराएर नस्लराष्ट्रवाद ओकल्न प्रयोग गरेको छ । त्यसका प्रतिनिधि पात्रको रूपमा प्रयोग गरेको छ ।

एकलकाटे नस्लराष्ट्रवाद र उदयपात्र

सामाजिक सद्भभाव र राष्ट्रिय एकतालाई बिखण्डन पार्न यतिबेला राजा महेन्द्रबाट गल्हत्याएर बहिस्कृत संस्थाका प्रतिनिधि पात्र अलोकतान्त्रिक र अलोक पिय्रपात्र कमल थापालाई हिन्दु राष्ट्रबादको प्रसाद ग्रहण थमाएर बसाल्नु र वर्तमान प्रधानमन्त्री केपि ओलिलार्इ नस्लराष्ट्रबादको बुक्लो बाक्य प्रवचन गर्न लगाउन मुख्यत पश्चिमी साम्राज्यवाद सफल भएको छ ।

त्यस्तै मधेसमा सिके रावतलाई छुट्टै मधेस राष्ट्र निर्माणका डरलाग्दो र नित्कृष्ट उच्चारण गर्न लगाएर देशलाइ फुटको सङ्घारमा धकेल्न कोसिस भएको छ । बर्तमान अबस्थामा राजनीति लोकप्रियताको हिसाबले एमाले र माकेलाइ एउटा बिन्दुमा उभाएर नष्लराष्ट«बाद उत्पाद सिर्जना गराउने मधेस केन्द्रित दलहरूलाई तीब्र बितृष्ण पैदा गराएर मधेस केन्द्रित दलहरूलाई सिके रावतको पछि लाग्न बाध्यता सृजना गराउने अमेरिकी तथा युरोपेली चालबाजी बुनेर पहाडी सिकेरावत र मधेस सिकेरावतको जनम गराउन चहान्छन ।

यतिबेला देशमा यी दुई प्रवृत्तिको व्यापक उजागर भएको छ । एमाले र माकेको एकता गराएर पहाडी सिके रावत जनम गराउन पश्चिमीहरु लागिपरेका छ्न । जनता र राजनीति पार्टी कार्यकर्तामा एकताको संन्देश सकारात्मक देला तर राष्ट्रिय स्वाधिनतामा यो एकताको दुइचार बर्सभित्र नै गम्भीर संकट उत्पादन हुने प्रबल संभावना छ । नेपालमा दुइटा राष्ट्रियता छ भन्ने प्रचार र सन्देश फैलाउन पश्चिम् लागिपरेको छ । जसको निरंतरतामा आफ्नो अस्तित्व र स्वार्थको लागि जे पनि गर्न तयार रहने केपि र प्रचण्डको यो तयारी राष्ट्रिय स्वाधीनताको गम्भीर खतरा छ ।

अन्तर्राष्ट्रिय कुटनैतिक सम्बन्धमा देखिएको गम्भीर खतरा 

स्वतन्त्रता र स्वाधीनता हाम्रोलागी महत्त्वपूर्ण कुरा हो । त्यसलाई मध्यनजर नगरी एकलौटी मनोगत सम्बनध जोड्नु बाल निर्णय हो । नेपालको राजनीति अस्थिरता त्रिपक्षिय शक्ति संघर्षसँग तरलिकृत छ छिमेकी राष्ट्रसँगको मैत्रीपुर्ण सम्बन्ध र राष्ट्रियताको ख्याल नगरी बतासे निर्णय गर्दा त्यसको परिणाम गम्भीर हुन जाने देखिन्छ ।

बर्तमान प्रधानमन्त्री केपि ओलिको थाइल्यान्डको एउटा उपचार दरबार निकट फुलीसनेस थियो । दुइटा उपचार अमेरिकी तथा युरोपेली सिआइएका प्रतिनिधिसँगको थियो । अन्तिम उपचार भारतिय रअ र हिमानी कट्रकस थियो । जसलाई भारतीय बिदेश मन्त्री नेपाल भ्रमण अस्वभाविक ढंगले आउँदा यसबाट ओलिको दरबार मार्ग हरायो र नयाँ मार्ग प्रसस्त भयो ।

अर्को कुरा पाकिस्तानी प्रधानमन्त्री समकक्षी भेटबार्ता भनेर नेपाल आउँदा धेरै पत्रकार राजनीति दलहरू र एनजीओ आइ एनजीओ समेतलाई राहत र हौसला प्रदान गरेको जसरी तालि बजाउनु अपरिपक्वता र दलाली राजनीतिको अप्राकृतिक रूपमा देखिन्छ । पाकिस्तानी प्रधानमन्त्री बेलायत अमेरिका युरोपेली राष्ट्र भ्रमण सकेर साउदी अरेबिया भ्रमण पछि नेपाल भ्रमण आउँदा गम्भीर रहस्य छ ।

नेपाल समकक्ष भेटघाट सकेर दोस्रो ठुलो राजनीति दलको नेतृत्वसंग भेट्न नरुचाउनुले नेपालमा दोस्रो राजनीति कोतपर्ब निम्त्याउन खोजिएको हो कि भन्ने शंकाहरू उतपन्न भएका छन । पाकिस्तानी प्रधानमन्त्रीलाई सुस्मा अध्यान गरेर हेर्दा पश्चिमी गुप्तचरको भुमिका निर्वाह गरेको देखिन्छ ।

इतिहासका हरेक घटनाको दोष प्रतिपक्षलाई दिएर पुग्नेवाला छैन । स्वयम् आफुले प्रयोग गरेको सिद्धान्तकोबाट संचालित छ । त्यो बुझ्न् जरुरी छ । हरेक घटनाको अध्यनले पहाडी सिके रावल ओलि र मधेसी सिकेरावत यथावत राखेको अमेरिकी चाल बुझ्न् नसकेको खण्डमा राष्ट्रिय स्वाधीनता केपि ओलिको चटकिय राष्ट्रबादले गुम्ने सम्भावना प्रबल छ ।