गायीका शाह भन्छिन – दुःख भोगीरहेकी छु सुखको अनुभुति गर्न सकेकी छैन

यो हप्ताका ७ प्रश्न ? चर्चित गायिका भुमिका शाहलार्इ

आफु जुन स्थानमा उभिएकी छन अहिले कल्पनै गर्न सक्दिनन् भुमिका आफ्ना जिवनका आरोह अवरोहहरूले कसरी यहाँ ल्यार्इ पुयाए । झट  हेर्दा भद्र स्वभावकी लाग्ने कलाकार भुमिका शाह जिवनका पाटापक्षहरूलार्इ केलाँउदै जाँदा मख्ख पर्छिन । भन्छिन कसरी यो स्थानमा उभिए मलार्इ नै थाह छैन ।  अक्क न बक्क पर्छिन हत्तन पत्त जवाफ दिन्छिन, संघर्षले मलार्इ यो स्थानमा ल्याइपुर्यायो  । जिवनको सौन्दर्यलार्इ अरू भन्दा फरक ढंगले बुझ्ने शाह नेपाली कलाकारीतलार्इ पनि भिन्न ढंगले बुझ्छिन । 

आफुलार्इ अरू भन्दा भिन्न भएको बताउछिन । अरू कलाकार भन्दा फरक देखाउन चाहने स्वभावका कारण पनि बजारमा चर्चा नहुने गरेको जिकिर गर्छिन ।  शाह लामो समय संघर्षबाट आएकी हुन । चितवनको माडीमा जन्मिएकी शाह सामाजिक सेवा गर्ने उद्देश्यले साँगितिक क्षेत्रमा प्रवेश गरेको बताउछिन । 

चर्चित लोकदोहोरी गायिका समेत रहेकी उनि २०६२ सालमा राष्ट्रिय लोकतारा कार्यक्रममा टप टेन भित्र पन सफल भइन । गायिका शाहको पहिलो रेकर्डिङ गित गायक राजु परियारसँग रहयो त्यो नै अबसर बन्यो यो क्षेत्रका लागि बाटो खुल्यो । १५ वर्षको कलिलो उमेरमा नै विवाह बन्धनमा बाँधिएकी गायिका शाह छिटो बिहे गर्नु जिवनको सबैभन्दा ठुलो भुल भएको बताउछिन । 

हुनत यतिबेला उनि एउटा परिबारकी जिममेबार अभिभावक मात्रै हैनन एउटा सामाजिक कार्यकर्ता समेत हुन् । सयाैँ गित गाइसकेकी शाह बिभिन्न कार्यक्रमहरूमा जान भ्यार्इ नभ्यार्इ छ ।  यि नै गायिका तथा सामाजिक कार्यकर्ता भूमिका शाहसँग कुसे न्युज डटकमको साप्ताहिक कार्यक्रम सात प्रश्न…..।

यस्ता छन सात प्रश्नका सात उतर

१.तपाँइको जन्म कुन ठाँउ र कस्तो परिवारमा भयो ?

मध्यम परिवारमा चितवन जिल्लाको माडिमा भएको हाे ।

२.तपाँइ कसरी कलाकारीता क्षेत्रमा प्रबेश गर्नु भयो ?

सानैमा स्कुलमा स्टेजमा गाउथे अनि बाबा आमा अनि गुरुहरु साथै साथीहरू को प्रेरणाले

३.तपाँइको जिवनमा भोगेको सबैभन्दा कठिन अबस्था  र तपाँइको जिवनको गर्व गर्न लायक अनुभुती ?

आजसम्म त दुःख मात्र भोगी रहेकी छु । सुखको अनुभुती गर्न पाएको छैन ।

४. आफुलाई सफल बनाउन तपाँइले गरेको सबैभन्दा महत्वपुर्ण कुरा ?

सामाजिक काम ।

५ .जिवनमा पछुतो लाग्ने प्रसंग ?

छिटो बिबाह अनि पढ्न नपाउदा…।

६. तपाँइले यदी बाल्यकाल पाउनु भयो भने जिवन कसरी अगाडी बडाउनु हुन्थ्यो ?

धेरै पढ्थे…।

७. तपाँइले पहिलो पटक सेक्स कहिले गर्नु भयो र सेक्स तपाँइको अनुभुतिमा के हो ?

१५ बर्षकाे उमेरमा मात्र श्रीमानसँग सेक्स प्राकृतिक स्वभाव हाे ।