बादल गृहमन्त्री भएको भोलिपल्टै सुदर्शन रिहा…

नेपाल कम्युनिस्‍ट पार्टीका स्थायी समिति सदस्य हेमन्त ओली ‘सुदर्शन’ रिहा भएका छन् । पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमा भाग लिन विराटनगर पुगेका सुदर्शनलाई फागुन ६ गते प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तार गरेको १४ दिनपछि मंगलबार साँझ ५ बजे प्रहरीले रिहा गरेको हो ।

सुदर्शनसँगै गिरफ्तार गरिएका पोलिटब्युरो सदस्य पदम राईलाई भने हिरासतमै राखेको छ । युवा संगठनको कार्यक्रममाथिको हस्तक्षेप र नेता-कार्यकर्ताको गिरफ्तारविरुद्ध नेकपाले फागुन ८ गते नेपालको अाह्वान गरेको थियो । त्यसपछि देशभर लगातार संघर्षका कार्यक्रम जारी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धकालिन प्रहरी संरचनालाई ब्यूताएर नेकपा नेता-कार्यकर्तालाई जहाँ पयो त्यहीबाट गिरफ्तार गर्न अादेश दिएका थिए । सोही अादेशअनुसार अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेसहितका नेतालाई गिरफ्तार गरिएको छ ।

नेकपाका स्याङजा सेक्रेटरीसहित देशभरबाट दर्जनौं नेता-कार्यकर्तालाई गिरफ्तार गरेको छ । हिजोमात्र माओवादी केन्द्रका नेता रामबहादुर थापा गृहमन्त्रीको शपथ लिएका थिए । अाज नेता सुदर्शनको रिहाइले थापाले नेकपाप्रति नरम नीति लिएको रुपमा हेरिएको छ ।