प्रदेश नं ६ का मुख्यमन्त्री शाही भ्रष्टचारी भएको आरोप

प्रदेश नं ६ का नवनिर्वाचित मुख्यमन्त्री महेन्द्र बहादुर शाही भ्रष्टचारी भएकाे अाराेप लागेकेा छ । पुर्व माओबादीका लडाकु कमाण्डर तथा माओबादी लडाकुका छैठौँ डिभिजन सह कमाण्डर दुर्गाप्रसाद चौधरी सन्तोषले तत्कालीन माओबादी लडाकु छैठौँ डिभिजनका कमाण्डर महेन्द्र बहादुर शाही प्रज्वललाई भ्रष्टचारी भएको आरोप लगाएका हुन ।

माओबादी लडाकु कमाण्डर चौधरीले भ्रष्टचारीलाई मुख्य मन्त्री बनाएको भन्दै आपती समेत जनाएका छन । उनले सामाजकि संजालमा भ्रष्टचारीलाइ मुख्य मन्त्री बनाएर ६ नं प्रदेशका जनताको भाग्य खोसेको बताएका हुन । चाैधरीले क्यान्टाेनमेन्टमा हुदा जनमुक्ती सेनाका सदस्यहरूकाे छाक खाेसेकाे र क्यान्टाृनमेन्टमा ठुलाे भ्रस्टचार गरेकेा बताएका छन । 

चौधरीले समाजीक संजालमा लेखेका छन । ६ नं डिभिजनको कमान्डर रहँदा क्रान्ति गर्ने नाउँमा सदस्यका छाकबास र अवकाश आउदा चेक खोसी आफ्नो पेट भरेका एक भ्रष्टाचारिलाई ६ नं को मुख्य मन्त्री बनाएकोमा सबै माओवादीलाई बधाई । यसतो चाैधरी पनि त्यतिबेला साेहि डिभिजनकाे सहायक कमाण्डर थिए ।