रोल्पाको पत्रकारीतामा गुणात्मकता आवश्यक

रोल्पा जिल्लाको पत्रकारीतालाई विकास गर्नका लागी गणात्मकतामा ध्यान दिन जरुरी रहेको निश्कर्ष निकालिएको छ । १० बर्षे शसस्त्र द्धन्द्धले धेरै बर्ष पछाडी परेको रोल्पामा शान्ति प्रक्रियापश्चात संचारमाध्यमको वृद्धि हुँदै गएपनि प्रकाशन, प्रशारणको सवालमा भने गुणात्मक हुन नसकेको भन्दै सुधारमाको आवश्यकतामा जोड दिईएको हो । पत्रकारीताको विकासका लागी पत्रकार महाँसघको संस्थागत सुधार, संचार माध्यमको भविष्यमा सुनिश्चितता, कानुनी मयार्दाका सवाल, कुण्ठित सोचाईको परिवर्तन, गाउँठाउँको आवश्यकता, समय सापेक्ष, सृजनशिलता, आवश्यक विषय र समयसंग जोडेर विषयबस्तु उठान गर्न आवश्यक रहेको बताइएको हो ।

नेपाल पत्रकार महाँसघ जिल्ला शाखा रोल्पाले शुक्रबार सदरमुकाम लिवाङमा आयोजना गरेको रोल्पाको पत्रकारिता, सञ्चार माध्यमका अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममका सहभागी जिल्लाका संचार गृहमा कार्यरत पत्रकारहरुले यस्तो बताएका हुन ।  उनीहरुले परम्परातग शैलीको रिपोर्टङ, साभार प्रवृत्ति, संचार गृहविचको सहकार्यमा अभाव, भौगोलक विकटता, अध्ययनको अभाव जस्ता कारणले जिल्लाको पत्रकारीतामा गुणात्मकता आउन नसकेको भन्दै ति कुरामा सुधार हुनुपर्ने बताईएको हो । पत्रकारमा हुनुपर्ने आवश्यक कुरालाई अव उच्चतम प्रयोग गर्दै जिल्लाका संचार गृहमा कार्यरत श्रमिकहरुको विचमा आपसी सहकार्य, छलफल गर्दै जानुपर्ने र एक खालको नीति नियम बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिईएको हो ।

जिल्लामा सन्चालित छापा, अनलाईन र रेडियोमा कार्यरत पत्रकार तथा संचालक समितिका पदाधिकारीहरुले अव जिल्लाभरका पत्रकारहरुको शुद्धिकरण, संचार गृहहरुविच विज्ञापन, सुचना संप्रेशनका लागी समान नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने, विज्ञापन शुल्कमा एकरुपता, आवश्यक मार्गदर्शन जस्ता सकारात्मक पक्षहरुलाई ध्यान दिएर अघि बढ्नुपर्ने निचोड निकालेका हुन ।

कार्यक्रममा नेपाल पत्रकार महाँसंघ रोल्पाका पुर्व अध्यक्ष खेम बुढाले जिल्लाको बर्तमान पत्रकारीताको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै जिल्लाको पत्रकारीतामा विभिन्न खाले समस्या रहेको बताउनुभयो । कार्यपत्रमा जिल्लाका संचार माध्यममा कार्यरतहरुको पारिश्रमिक, स्रोत साधनको उपलव्धतामा समस्या, पत्रकार र संचार गृहहरुविच सहकार्यमा अभाव जस्ता समस्याहरु रहेको उल्लेख गरिएको छ ।
यस्तै, खोजमुलक समाचार लेखनमा कमी, शुद्धतामा समस्या, पक्षिय समस्या, औपचारिक समाचारको बाहुल्यता, खोज अनुसन्धान र स्रोतको पहिचानमा समाचार लेख्दा ध्यान पुग्न नसकेको कार्यपत्रमा उल्लेख गरिएको छ ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महाँसघ रोल्पाका संंस्थापक अध्यक्ष काँशीराम डाँगीले जिल्लाको पत्रकारीतालाई माथि लैजान भावि योजना बारे विभिन्न सवाल जोडिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा समाचार लेख्दा विषवस्तुको पहिचान, विषयवस्तुको खोजी, शुद्धता र संवेदनशिलताको ख्याल, स्रोतसम्मको पहुँच, परिस्थितिको विश्लेषण गरेर मात्र प्रकाशन प्रसारण गरिनुपर्ने उल्लेख छ ।
यसैगरी, समाचार लेख्दा गाउँमैत्री, समस्याको समाधान, आवाजहिनका आवाज ठाउन सके लक्षित समुदायसम्म राज्यको उपस्थितिमा सहयोग पुग्न सक्ने कार्यपत्रमा उल्लेख छ । महाँसघ रोल्पा शाखा अध्यक्ष मानसिङ विकको अध्यक्षता तथा नेपाल पत्रकार महाँसघ रोल्पाका संंस्थापक अध्यक्ष काँशीराम डाँगीको प्रमुख आतिथ्य तथा पुर्व अध्यक्ष खेम बुढाको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्लामा क्रियाशिल झण्डै २ दर्जत मिडियाकर्मीहरुको सहभागीता रहेको थियो ।।

संचार गृहहरुको भविष्यका लागी नीति निर्माण आवश्यक

जिल्लाका संचार गृहहरुको भविष्यका लागी एकै खालको नीति निर्माण गरी अघि बढ्नुपर्ने सरोकारवालाहरुले बताएका छन । जिल्लामा सन्चालित रेडियो, पत्रपत्रिका तथा अनलाईन मिडियाहरुले जिल्लाका सवालहरु उठान गर्न नसेकेको भन्दै उनीहरुले धेरै कुराको सुधारमा आवश्यकता रहेको रेडियो बताएका हुन ।

रेडियो माडी आवाजका संचालक समितिका अध्यक्ष भरत बहादुर बुढाले आफुहरुले संचालन गरिरहेको रेडियोलाई पत्रकार महाँसंघले बनाउने नीति निर्माणका सवाल कार्यान्वयन गरेर स्थानीय विषयवस्तुको उत्थान गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । जिल्लामा पत्रकार र संचार गृहको संख्यामा वृद्धि मात्र भएको भन्दै उहाँले रोल्पामा सन्चालित संचार माध्यम र पत्रकारले जिल्लाको विषयबस्तुमा आधारीत हुनुपर्ने बताउनुभएको हो ।

सदरमुकाम लिवाङमा आयोजित जिल्लाको पत्रकारीताबारे छलफल कार्यक्रममा सहभागीहरुले अव पत्रकारीता साभारमुखी नभई दुर्गम ठाउँका समस्या उठाउनुपर्ने आवश्यकतामा सहमत समेत बनेका हुन । संचार गृहहरु नाफामुखी र व्यापारमुखी बन्दा लक्षित बर्गको लागी नकारात्मक असर पुगको भन्दै अव पत्रकारीतामा सुधारको खाँचो औल्याईएको छ ।

अव देखि संचार गृहहरुले जनशक्ति उत्पादनमा पनि ध्यान दिनुपर्ने अवस्था आएको भन्दै समयमै पारीश्रमिक र आवश्यक पुर्वाधारको उपलव्ध गराउन मिडिया संचालकहरु तयार हुनुपर्ने आवश्यकतामा जोड दिईएको हो । संचार माध्यममा विभिन्न खाले समस्या भएको भन्दै एकआपसमा सहकार्य र समन्वयको वातावरण सृजना गर्दै जनशक्ति विकासमा ध्यान दिईने भएको हो ।।