मेलम्ची आयोजना अन्तिम चरणमा पुग्यो, असारभित्रै आउने सम्भावना
प्रकासित मिति : २०७४ फाल्गुन १, मंगलवार ०१:२०
प्रकासित समय : ०१:२०
अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै ‘ब्रेक थ्रु’ हुने भएको छ । जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना असारभित्रै पुरा हुने देखिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।
आयोजनाका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले भने, (बाँकी दुई सय ६० मिटर खनेपछि साढे २७ किलोमिटर लामो सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुनेछ ।
(फागुन९मार्च दोस्रो साताभित्र मुहानस्थल अम्बाथान(सुन्दरीजल सुरुङमार्ग जोड्न प्रतिबद्ध छौं । सुरुङका तीनमध्ये दुई खण्ड ‘ब्रेक थ्रु’ भइसकेका छन् । बीचको सिन्धु(ग्याल्थुम खण्ड ‘ब्रेक थ्रु’ गर्न अहिले तीव्र गतीमा काम भइरहेको छ ।