आरन पेशाले नै पालेका छन् ८ जनाको परिवार भक्तबहादुरले

साठीको उमेर नाघेका, कपाल दारी सेतै तर, आरन बसेर आठ ओटा जहान पालिरहेका छन । एक सुकुम्बासी भक्तबहादुर कामी जाजरकोट कुशे गाउँपालिका, ८ लाता अस्थाई बसोबासी हुन । २०१० सालमा उनको बुवा रत्ने कामी दैलेखबाट सब थो त्यागेर पेट पाल्नकै लागि आरण गर्न आएको र आजसम्मा सो पेसामा जहान पालेको उनको भनाई छ ।

२०१४ सालमा जन्मेका उनी साठी पार गर्दा पनि दिनभर भाडाकुडा बनाउन र नयाँ निर्माणमा सबै श्रम लगानीमा गरेको छन् । आँशी, बन्चरो, कोदाला जस्ता कृषि औजार बनाउँदा बर्षको २ पटक प्रतिघर ४ पाथिको दरमा अन्न (खलो) ले घरपरिवारको लालनपालन गर्ने कामिले बताए ।

सवै सुकुम्वासीले सरकारी सेवा पाएकाृ भएतापनि आफुले यस विषयमा जानकार बिहिन भएको कामीले गुनासो गरे । दैनिक गुजाराको लागि आफ्नो समस्या प्रति कसैले पनि वास्ता नगरेको उनले दुखेसो पोखे ।

कुनै पनि राजनैतिक आस्था देखि आफु स्वतन्त्र रहेकोले कसैले आफुलाई सहयोग नगरेको उनले वताए । आफु सधैं ब्यस्त हुनाले सामाजिक कार्यक्रममा कम सहभागी हुने गरेकोले सबैले बेवास्ता गरेको कामी बताउँछन् । माईतिको झुपडीमा बस्दै आईरहेका उनी माइतीमा अप्रयाप्त जमिन रहेको र आफुलाई दिने सर्त समेत नरहेकाले आफु संकटको बाध्यताले आरन बाहेक विकल्प रहेको उनले बताए ।

आफ्नो अवस्था कमजोर बन्दै गएकोमा बच्चा बच्चि पढाइमा बाधा हुने चिन्ता उनमा छ । कामिको दुई बुढाबुढि र ६ ओट बच्चा ८ जनाको परिवार रहेको छ ।