निर्वाचन प्रक्रियाद्धारा मुख्यमन्त्री चयनगर्ने फोरम नेपालको निर्णय

धनुषा, संघीय समाजवादी फोरम नेपालले प्रदेश नं. २ को भावीमुख्यमन्त्री निर्वाचन प्रक्रियाद्धारा चयनगर्ने निर्णय गरेको छ । प्रदेश नं. २ को निर्वाचनमा ठूलो दलको हैसियतले फोरम नेपालले मुख्यमन्त्री चयनको प्रक्रियालाई औपचारिक ढंगले अघि बढाएको छ ।  चुनावअघि फोरम नेपाल र राजपाबीच गठबन्धन बन्ने बेला भएको सहमति अनुसार जो ठूलो दलहुन्छ उसैको नेतृत्वमा सरकार बन्ने सहमति भएको थियो ।

जसअनुसार स्वभाविक ढंगले फोरम नेपालले प्रदेश सरकारको नेतृत्वगर्नेगरी मुख्यमन्त्रीचयनको गृहकार्यलाई तीब्रतादिएको हो ।
जनकपुर स्थितफोरम नेपालको जिल्ला पार्टी कार्यालयमा शनिबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री चयनको लागितीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । पार्टी उपाध्यक्षएवं प्रदेश नं. २ कीप्रमुखरेणु यादव संयोजक र मुख्य सचिव शम्भु झा तथा सचिव शेषनारायण यादव सदस्य रहने गरी निर्वाचन समिति बनेको छ ।

फोरम नेपालका केन्द्रीयअध्यक्षउपेन्द्र यादवको उपस्थितिमाशनिबार गठित निर्वाचन समितिले भोलि आइतबारदेखि निर्वाचन प्रक्रियालाई अघि बढाउनेछ । यद्यपि, औपचारिक रुपमा निर्वाचनमा जानुअघि सर्वसम्मत ढंगले मुख्यमन्त्री चयनको अधिकतम प्रयास जारी राख्ने सहमतिभएको फोरम नेपालकाप्रदेश सांसद सरोज सिंहले जानकारी दिए ।

सम्भवभए सर्वसम्मतन भए निर्वाचन मार्फत् चयनहुने प्रदेशको संसदीय दलको नेता नै मुख्यमन्त्रीको उम्मेदबार हुने प्रावधान छ ।  यसैगरी, प्रदेश सरकारको नियमावली मस्यौदा समितिको लागि सरोज सिंह र चञ्चमाया मोक्तान चयन भएका छन् ।  त्यस्तै, फोरम नेपालको नियमावली मस्यौदा तयारी समितिको संयोजकमा राम आशिसयादव तथा सदस्यमा सञ्जय यादव र पारस साहचुनिएका छन् । कार्यव्यवस्था समितिको लागि ज्ञानेन्द्र यादव र योगेन्द्र राययादव चयन भएका छन् ।