नलगाड नगरपालिकाद्वारा सामाजिक सुरक्षा ब्यबस्थापन गर्न बृहत अन्तरक्रिया
नलगाड नगरपालिकाले सनिवार अवलगुर्तामा अपाङ्ग ब्यक्तिहरुसंग अन्तरक्रिया गरेको छ । सामाजिक सुरक्षालाई ब्यबस्थापन गर्न नलगाड नगरपालिकाले अपाङ्ग ब्यक्तिहरुसंग अन्तरक्रिया गरेको हो । अपाङ्ग ब्यक्तिहरुको अधिकारलाई ग्यारेण्टी गर्न नगरपालिकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले वताए ।
अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख रावलले भने–‘मान्छेको सबैभन्दा ठुलो सम्पती भनेको आफ्नै स्वास्थ्य हो, हरेक नागरीक स्वस्थकर हुन पाउने अधिकारलाई संविधानले मौलिक हकका रुपमा परिभाषित गरेको छ, संविधानलाई कार्यन्वयन गर्ने निकायका रुपमा रहेको हाम्रो यस नगरपालिकाले मानव स्वास्थ्यलाई उच्च प्राथमिकता दिदै गाउँ–गाउँमा स्वच्छ खानेपानी, स्वस्थ खाना, ब्यक्तिगत तथा बाताबरणिय सरसफाई जस्ता बिषयलाई जोडेर लैजाने छ ।’
त्यसैगरी अपाङ्ग ब्यक्तिहरुलाई परिचय–पत्र उपलब्ध गराएर राज्यले विभिन्न सेवा–सुविधाहरु उपलब्ध गराई रहेको नलगाड नगरपालिकाका प्रशासकिय अधिकृत सुरेन्द्र सिंहले वताए । उक्त अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्दै राज्यले अपाङ्गलाई नीति निर्माणको तहमा पुर्याउनका लागि संविधाले चुनाव लड्न पाउने अधिकारको ब्यबस्था गरेको छ प्रशासकिय अधिकृत सिंहले भने–‘अपाङ्गताको प्रकृति हेरी सरकारले मासिक भत्ता उपलब्ध गराउनुको साथै, यातायात भाँडा छुट, निशुल्क उच्च शिक्षा, स्वास्थ्य उपचार लगाएत सेवाहरु उपलब्ध गराउदै आएको छ ।’
सरकारले दिदै आएको सेवा, सुविधा प्राप्त गर्नका लागि अपाङ्गता परिचय–पत्र लिनु पर्ने÷गराउनु पर्ने अधिकृत सिंहको भनाई रहेको थियो । परिचय–पत्र लिनका लागि जिल्ला सदरमुकाम खलंगासम्म पहुँच नपुगेका अपाङ्ग महिला तथा बालबालिकाहरुका लागि घुम्ती शिवीर सञ्चालन गरि परिचय–पत्र वितरण गर्नु पर्ने अधिकृत सिंहको भनाई रहेको थियो ।
वडानं. १२ र १३ का लागि अवलगुर्तामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा २९ जना अपाङ्ग ब्यक्तिहरुको उपस्थिति रहेको थियो । नलगाड नगरपालिकाले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रमको संयोजन अपाङ्ग संघ, नलगाड, जाजरकोटले गरेको थियो । उक्त अन्तरक्रिया कार्यक्रमलाई नगरपालिकाका सबै वडाहरुमा सम्पन्न गर्ने जनाईएको छ ।