चाँचरीले मनायाे ८ औं बर्षगाँठ

सुदुरपश्चिमकाे भाषा, साहित्य र संस्कृतिमा केन्द्रित रहेकाे हिमालय टेलिभिजनकाे कार्यक्रम ‘चाँचरी’ले अाफ्नाे ७ औं वर्षगाठ मनाइको छ । टेलिभिजनको प्राङगणमा केक काटेर चाँचरीले अाफ्नाे ७ औं वर्षगाठ मनाएकाे हाे । मध्य तथा सुदुर पश्चिमको मौलिक कला, साहित्य र संस्कृतिका विषयमा केन्द्रित कार्यक्रम हिमालय टेलिभिजनकाे स्थापनासंगै २०६७ साल माघ ५ गते देखि प्रसारण हुदै अाएकाे छ ।

प्रत्येक शुक्रबार दिउँसो १ बजे प्रशारण हुने कार्यक्रम ‘चाँचरी’ले डेउडा गीत र साे क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकिए स्थलहरुकाे प्रचार प्रसार गर्ने गर्दछ । यस्तै उक्त कार्यक्रमले मध्य तथा सुदुर पश्चिममा मनाइने विभिन्न चाड पर्व मेला महाेत्सवकाे बारेमा जानकारी गराउने गर्दछ ।

चाँचरीका प्रस्तोता शंकरसिंह बिष्टले अागामि दिनमा पनि यस क्षेत्रका मौलिक कला, साहित्य र संस्कृतिको संरक्षणका लागि सबैकाे साथ सहयाेगकाे अाशा गरिरहेकाे बताए । टेलिभिजनका कार्यकारी निर्देशक च्याङ्ग अग्रवालले चाँचरी सात बर्ष पुरा गरी अाठौ बर्षमा प्रवेश गरेकाे अवसरमा केक काटेर शुभकामना दिएका थिए ।