हनिमूनमा हालत खराब यी हिरोइनकाे

फिल्म ‘हेट स्टोरी’मार्फत् बलिउडमा धमाका मच्चाउन सफल बंगाली अभिनेत्री पाअाेली दामकाे हनिमूनकाे खबरले फेरि हंगामा मच्चाएकाे छ । फिल्म ‘हेट स्टोरी’मा बाेल्ड सिन गरेर चर्चामा अाएकी पाअाेली यसपटक भने अरु नै कारणले चर्चामा छिन् । गत डिसेम्बर ४ मा गुवाहाटीकाे एक रेस्टुरेन्ट मालिकसँग वैवाहिक बन्धनमा बाँधिएका उनी पतिसँग हनिमून मनाउन स्वीट्जरल्याण्ड पुगेकी थिइन् ।

२ वर्षअघिबाटै डेटिंग गरिरहेका यस जाेडीले हनिमूनकाे लागि विशेष ठाउँ राेजेका थिए । स्वीट्जरल्याण्डकाे हिउँले ढाकेकाे सुन्दर पहाडमा हनिमून अपेक्षाकृत त्यति रमाइलाे हुन सकेन । भारी हिमपातकाे कारण उनीहरू बाहिरी संसारबाट पुरै सम्पर्कबिहिन हुनपुगे । हिउँले उनीहरू एक स्की रिसाेर्टमा थुनिएका थिए । हालत खराब भएकाे यस जाेडीलार्इ हेलिकाेप्टरले अाकस्मिक उद्धार गरी सुरक्षित ठाउँमा लगिएकाे छ ।