भारतलाई चीनकाे यस्तो चेतावनी…

चीनले लामो समय डोकलाममा चीन र भारतका सेनाबीच द्वन्द्व चलेको स्मरण गर्दै सीमा क्षेत्रमा उत्तेजित गतिविधि नगर्न र आफ्ना सैनिकलाई नियन्त्रणमा राख्न भारतलाई चेतावनी दिएको छ ।

चीनका रक्षा प्रवक्ता कर्णेल रेन गुआछियाङ्गले सन् २०१७ मा चीनले केही गम्भीर समस्यालाई सुझबुझपूर्ण ढंगले समाधान गरेको उल्लेख गर्दै भारतलाई चेतावनी दिएको हो ।

उनले दक्षिण चीन सागरमा चिनियाँ हितको रक्षामा पनि उल्लेखनीय भूमिका निर्वाह गरिएको बताए । उनले विगतका घटनाबाट भारतले पाठ सिक्नुपर्ने समेत प्रष्ट पारेका छन् ।