सरकारले सेक्युरिटी फिचरको निर्णय नगरेपछि…

अस्थिरताको असर राष्ट्रिय परिचयपत्र वितरण कार्यमा समेत परेको छ । आजको गोरखापत्रमा यो खबर छ । सरकारले राष्ट्रिय परिचयपत्रबारे निर्णय गर्न नसक्दा परिचयपत्र वितरण प्रक्रिया अवरुद्ध भएको छ ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रामकृष्ण सुवेदीले परिचयपत्रमा राखिने सेक्युरिटी फिचर(सुरक्षण चिन्ह)बारे सरकारले निर्णय नगरेका कारण परिचयपत्र वितरण प्रक्रिया अवरुद्ध भएको जानकारी दिए ।

सुवेदीले भने,

-कसैले नक्कल (कपी) गर्न नसकोस् भनेर राष्ट्रिय परिचयपत्रमा देखिन सकिने र देखिन नसकिने (सिन र अनसिन) सुरक्षण चिन्ह राख्नुपर्छ ।

-राष्ट्रिय परिचयपत्रमा सुरक्षण चिन्हका रुपमा के राख्ने भन्ने निर्णय मन्त्रिपरिषदले गर्नुपर्छ ।