पर्यटन प्रबर्द्धन लागि दोस्रो जाजरकोट महोत्सव खलंगामा सुरु

 दोस्रो जाजरकोट महोत्सव, कृषि ब्यापार तथा पर्यटन मेला बुधबार देखि खलंगामा सुरु भएको छ । कृषि, ब्यापार तथा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ संचालन गरिएको महोत्सव आज देखि सुरु भएको हो ।

यहि १६ गते सम्म संचालन हुने महोत्सवको प्रदेश सभा सदस्य करबिर शाहीले औपचारिक रुपमा उद्घाटन गर्नु भएको थियाे । जाजरकोट उद्योग बाणिज्य संघको आयोजना तथा भेरी नगरपालिकाको सहाअयोजनामा संचालन गरिएको महोत्सवको जिल्लाका सबै नगरपालिका, नगरपालिका र विभिन्न संघसंस्थाहरुको प्रायोजन रहेको छ ।

महोत्सवको दोस्रो दिन विहिबार राष्ट्रिय कलाकार एवम लोक दोहोरी गायीका प्रिती आले सगैं स्थानिय कलाकारहरुको प्रस्तुती र विभिन्न झाँकिहरु प्रर्दशन भएकाे आयोजकले जनाएको छ ।