वीरगंज ग्यास उद्योगमा आगलागी,उद्योगका कर्मचारी भाग्न सफल

निभाउन गएका दमकलका कर्मचारीको जलेर मृत्यु

वीरगंज ग्यास उद्योगमा आगलागी हुदा दमकल लिएर निभाउन गएका दमकल कर्मचारिकाे मृत्यु भएकाे छ । उद्योगका कर्मचारी भाग्न सफल वीरगंजको ग्यास उद्योगमा लागेको आगो ८ घन्टापछि निभेको छ । उद्योगको ग्यास बुलेट बलिसकेपछि आगो निभेको हो । घटनास्थलमा दुई वटा शव भेटिएको प्रहरीले जनाएको छ । आगो निभाउन गएका दमकलका कर्मचारीको जलेर मृत्यु भएको हो । पर्सा प्रहरीका अनुसार वीरगंज महानगरपालिकाका कर्मचारीद्वय यादब अधिकारी र मधुसुदन मिश्रको मृत्यु भएको छ ।

दमकलकै कर्मचारी अरुण महतो र संजीव नेपाल घाइते भएको पर्साका प्रहरी प्रमुख एसपी डा.गणेश रेग्मीले बताए । घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

ग्यास लिक भएर आगो लागेपछि ग्यास उद्योगका कर्मचारीहरु भाग्न भ्याएकाले कोही घाइते भएका छैनन् । आगो लागेको खबर पाएपछि दमकल लिएर महानगरपालिकाका कर्मचारी गएका थिए । आगो निभाउने क्रममा आगो दन्किदा दमकल नै जल्न पुगेको थियो । त्यसपछि आगो निभाउन लगिएका अन्य दमकल पनि त्यहाँ नपठाई वरिपरी खाली गराईएको थियो ।