भारतीय मिडियाको ठहर नेपालमा वाम सरकारको झुकाव निःसन्देह चीनतर्फ हुने पक्का

निर्वाचनमा वाम गठबन्धनले प्रष्ट बहुमत प्राप्त भएसँगै भारतीय संचार माध्यममा नेपालको राजनीतिक अवस्था र नेपाल–भारत सम्बन्धबारे व्याख्या, विश्लेषण हुन थालेको छ ।

नवभारत टाइम्सले नेपालमा वामपन्थी गठबन्धनको जितलाई भारतका लागि नयाँ चुनौतीका रुपमा विश्लेषण गरेको छ । ‘नेपालमा केपी ओलीको हातमा सत्ता पुग्नु भारतका लागि खतराको घण्टी’ हुने उल्लेख गरेको छ । नवभारत टाइम्सको समाचारमा भनिएको छ, ‘ओली खुलेरै चीनप्रति आफ्नो झुकाव प्रकट गर्दछन् ।’

ब्रह्म चेलानीलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘नेपालका दुई प्रमुख कम्युनिस्ट पार्टी एक साथ उभिएका छन् । नेपालको कम्युनिस्ट सरकारको झुकाव निसन्देह चीनतर्फ नै हुनेछ ।’