भट्टराई भन्छन -जुनसुकै सरकार बने पनि गुण र दोषका आधारमा सहयोग असहयोग गर्ने

प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि गोरखामा आयोजित विजय सभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मतदातालाई धन्यबाद दिँदै आफू जनताको सेवक भएको बताएको छ । सम्पूर्ण गोरखाली दाजुभाइ तथा दिदीबहिनीमा आभार व्यक्त गर्दै तेस्रोपटक गोरखा जिल्लाको प्रतिनिधित्व गर्ने अवसर दिएकोमा आफ्नो बुद्धिले भ्याएसम्म निष्ठापूर्वक, इमान्दारितापूर्वक जनताको सेवामा लाग्ने भट्टराईले बताए।

जनताको प्रतिनिधि सेवक हुन्छ मालिक हुँदैन भन्दै भट्टराईले गोरखावासीको सेवकका रुपमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरिए । संविधान कार्यान्वयन गर्न ऐन, कानून बनाउने, विकास निर्माणको नेतृत्व लिँदै समृद्धितर्फ लैजानेलगायत भूमिका आफ्नो रहेको भट्टराईको भनाइ छ ।

काँग्रेससँगको सहकार्यमा आफू निर्वाचित भएको भन्दै उहाँले यो संसद्को अवधिसम्म काँग्रेससँग सहकार्य गरेर जाने बताए । भट्टराईले भन्यो नेपाली काँग्रेसलाई विश्वास दिलाउन चाहन्छु कि ढुक्क रहनुहोस्, तपाईंहरुको प्रतिनिधि मै हुँ”,, “कसैलाई पनि काखापाखा गर्नेछैन ।” जुनसुकै सरकार बने पनि गुणका आधारमा सहयोग र दोषका आधारमा असहयोग गर्ने भट्टराईले बताउनुभयो ।