चुनाव सकियो दोस्रो चरणमा पनि खस्यो जम्मा ६७ प्रतिशत मत

दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि जम्मा ६७ प्रतिशत मत खसेको छ । निर्वाचन पछि पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले पहिलो चरणको तुलनामा दोस्रो चरणमा केही बढी मत खसेपनि पुर्ण खश्न नसेकाे बताएकाे छ ।  प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदानको आंकडा अझै केही बढ्न सक्ने पत्रकार सम्मेलनमा जानकारी गराए ।

दोस्रो चरणमा आज भएको मतदानमा सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । यसअघि पहिलो चरणमा ६५ प्रतिशत मतदान भएको थियो । सबै जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेदेखि ५ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो । ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भएका छन् ।

यसैविच अर्घाखाँचीको एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ५ मथुरा माविको ‘क’ र ‘ख’ मतदान केन्द्रको मतदान स्थगित भएको हो ।