वामपन्थीहरूको कार्यदिशा अन्ततः सामाजिक डार्विनवाद उन्मुख

संसारसेन पृथक

समाज विकासका हरेक चरणको घटना अध्यन ऐतिहासिक भौतिकवाददी दृष्टिकोण बेगर दन्दात्मक भौतिकवाद हुनै सक्दैन । महान बैज्ञानिकहरुको यो उद्द्त उक्तिलाई आत्मसात गर्ने हो भने उत्पिडक राष्ट्रको उत्पादन बितरण प्रणाली र उत्पीडित राष्ट्रहरुका उत्पादन उपयोग निर्यात बितरण प्रणाली जरजर क्रोध र अमानवीय विश्व बजार निति यथावत छ। अमेरिकी हैकमवाददी साम्राज्यवाद र चीनिया सामाजिक साम्राज्यवाद बिचको कटु अस्वस्थ आर्थिक प्रतिस्पर्धा बिश्व ब्यापी बढ्दै गयको छर्लङ्ग छ ।

लेखक

भने दक्षिण एसियायी मुलुकमा भारतिय नबसाम्राज्य पनि उत्पादन र बितरण प्रक्रियामा आफ्नो प्रभुत्व देखाइ रहेकोे छ। यी देशहरूले उत्पीडित राष्ट्रहरुलाइ सधै आफ्नो अधिनम राख्न सिमित सानो घेराभित्र कैद गर्न चहान्छ्न त्यसैको पीडामा नेपाल पनि अछुतो रहन सकिरहेको छैन।

नेपाल संसारमा एउटा स्वतन्त्र स्वाभिमान देशको नामले प्रचित छ । बिडम्बना नेपाली राजनीति पार्टी र बन्ने सरकार वैदेशिक हस्तक्षेपको सिकार बन्दै आएकोले नेपाली जनताले आर्थिक राजनीतिक सामाजिक संस्कृतिक परिवर्तनको लागि २००७ सालदेखी हालसम्म ठूलो मुल्य चुक्ता गर्दै आयको छ । परिणामत प्रत्येक राजनीतिक दलहरू र त्यसका लिडरहरु बिदेशीको इसरा अनुसार चल्नुले जनताले भने जस्तो राज्य ब्यबस्था र परिवर्तन पाउन नसकेको यथार्थ हो।

चुनावी तयारी हुदैगर्दा बिदेशी चलखेल

नेपालमा संसदिय चुनाब होस या संविधान सभाको चुनाव होस चुनाबको तयारी पुर्ब नेपालका राजनीति दलहरूले छिमेकी हैकमवादी राष्ट्रहरुसग सोधेरमात्रै आफ्ना चुनावी घोषणपत्र तयारी गरेरमात्र जनतासँग आउने रोग जरजर बनेको छ । संविधान सभाको चुनावमा संघियताको नारा नितान्त भारतीय साम्राज्यवादको इसरामा आएको अहिले छर्लङ्ग हुनथालेको छ । यो नेपाली राजनीति दलको शो विवेकको सो निर्णय कदापी होईन । त्यस्तै धर्म निरपेक्ष राष्ट्र घोषणा युरोपेली इसाई मिसनबाट प्रचालित हो । भन्नेकुरा सत्यसाबित हुँदै आएको छ।

चुनाव र वामपंथी घोषणापत्र

हरेक चुनाबमा प्रत्येक राजनीति दल पार्टीहरुले सत्तामा रहदा सम्म आफुहरुले जानीजानी गरेका गम्भीर मानव गल्तीको ढाकछोपको लागि गरिने प्रतिबेदन हुनेगरेका छ्न। त्यसैको प्रतिफल यतिबेला माओवादी केन्द्र र एमाले बीचमा भनिएको बामपंथी एकता एउटा रूपमा देखियको छ । विशेष गरि एमाले म देखियको संबिधान संसोधनको विरुद्धको मनोभावना इच्छा शक्तिलाई मत्थर पार्न भारतीय नौटङ्की मात्रै हो । बाबुरामले भन्ने गरेको शान्ति र समृद्धिको आर्थिक नितिलाइ बाङ्गो बनायर समाजबाद भन्ने शब्द एउटा एउटा जस्तै छन । बाबुरामले खुलेरै बिप्पा सम्झौता गरेका हुन भने बामपंथीहरुले लुकेर बिप्पा सम्झौता गर्न खोजेका मात्रै हुन चाहे त्यो उत्तर र दक्षिणतिर होस यी सबै जनबिरोधी छन ।

देशको प्रचुर सम्भावना बोकेका उत्पादनसँग संम्बन्धीत कलकारखाना बन्द गराउने बेच्ने र बेच्न दिने राजनीति दलको चुनावी प्रतिबेदन हेर्दा सुन्दर लाग्न सक्छ । यथार्थमा हेर्ने हो भने जहाँ भनिएको शिक्षा र स्वास्थ्यमा दुर्इ बर्षमा व्यापक परिवर्तन गरि ८०%शिक्षा प्राबिधिक  र ८०% स्वास्थमा निशुल्क यो यथार्थमा हेर्ने हो भने निजि बिध्यालय र स्वास्थ्यमा सेर लगानी ८०% बामपंथीहरुको छ । बिद्युत सूचनासंचार आदिलाई राजनीति निजीकरणको अधिनस्त हुदाहुँदै समाजबादको कोरा कल्पना जनताको अगाडि देखाउनु अर्को जघन्य मानवअप्राद हो । महङ्गो स्कुलमा धनीका सन्तान र सस्तो स्कुलमा गरिबको सन्तानले हाँसिल गरेको शिक्षाको परिणाम आयआर्जनको पेशापनी परिणामत बर्गिय हुने सत्य छ । स्वास्थ क्षेत्रमा पनि देखिएको चरम अन्तर बिरोध यहीँबाट सुरु भएको छ । नेपालम समाजबादको नारा दिनेहरूको भोट मात्रै कलेक्सन गरेर हेर्ने हो भने बहुमत छ ।

बिडम्बना २०७० सालको संविधानको प्रतिलिपी युरोपेली युनियनको दस्तावेज घोक्नु सिबाय अरु केहिछैन। यथार्थलाई केलाउने हो भने सामाजिक डार्बिनबाद भन्दापनी खस्किएको घोषणा पत्र छ । डार्बिनलेत आफ्नो सामाजिक समाजबादमा भन्नुभएको छ । सर्बाइलवल अफ फिटेष्टू पशुपन्छी र बोटबिरुवाम लागुहुन्छ । मान्छेमा दोइम मनोबैज्ञानिक असरपर्ने समाजबाद हुदैन । भने बदनियत तरिकाले ल्याउने समाजबादको झुन्ड जनताहरुलाइ थाहा नदियर जनताको ध्यान आफुहरुले गरेको नितिगत अप्रादप्रती नजाओस् भनेर ल्याउन खोजेका मात्रै हुन यो सरसति सामाजिक डार्बिनबाद भन्दा प्रतिगामी छ।