अनन्त भन्छन् – प्रकाश दाहालको मृत्यु षडयन्त्रपुर्ण र रहस्यमयी थियो

माअाेबादी केन्द्रका नेता तथा राेल्पा क्षेत्र नं १ बाट प्रतिनिधि सभाका उम्मेदवार बर्षमान पुन अनन्तले पुस्पकमल दाहाल प्रचण्डका छाेरा प्रकाशकाे मृत्यु रहस्यमयी र षडयन्त्रमुलक भएकाे तर पार्टी अध्यक्ष प्रचण्डले सामान्यकरण गरेकाे बताएका छन । 

हिमालय टेलिभिजनकाे मंगलबार बिहान साढे अाठकाे निर्वाचन बिषेश कार्यक्रम समय सन्दर्भमा उक्त कुरा बताएका हुन । पत्रकार कृष्ण मल्लसंगकाे कुराकानीमा उनले बामगठबन्धन बिराेधी शक्तीले याे गरेकाे हुनसक्ने समेत अाशंका रहेकाे बताएका छन । पुनले  याे अाकश्मिक हाे की षडयन्त्रमुलुक हाे भन्ने कुरा छलफलकाे बिषय बनेकाे तर अध्यक्ष अाफैले सामान्यकरण गरेकाे बताए ।

निर्वाचनकाे मुखमा बाम गठबन्धनकाे जित निश्चित भएकाे बेला अध्यक्ष माथी हमला भएकाे हुनसक्ने उनकाे अनुमान रहेकाे छ । अपराधीक मानशिक्ताबाट याे षडयन्त्रमुलक ढंगले भएकाे उनकाे भनाइ थियाे । 

प्रकाश दाहलकाे अाकश्मिक निधनकाे बिषयलार्इ लिएर अनेकन चर्चा चलिरहेकाे बेला माअाेबादी नेता अनन्तबाट यस्ताे प्रतिक्रिया बाहिरिनु समान्य नभएकाे धेरैकाे बुझार्इ छ । 

पुनले निर्वाचन खारेज अभियानका लागेका बिप्लवलार्इ शेर बहादुर देउवासित मिलेकाे समेत अाराेप लगाएका छन । उनले अाफुलार्इ मार्न उदेश्यले अाक्रमण गरेकाे अाराेप लगाएका छन ।