भावविह्वल हुँदै यसरी दागबत्ती दिए छोरा प्रकाशलाई प्रचण्डले
प्रकासित मिति : २०७४ मंसिर ३, आइतवार
प्रकासित समय : [nepaliTime]
छोरा प्रकाश दाहालको अन्त्येष्टीमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दागबत्ती दिएका छन्। आइतबार उनले पशुपति आर्यघाटमा छोरा प्रकाशको अन्त्येष्टीमा आफैले दागबत्ती दिएका हुन्। आइतबार विहान घरमै हृदयघातका कारण निधन भएका प्रकाशको बेलुका पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो।

अन्तिम संस्कारअघि प्रकाशको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा राखिएको थियो। ३६ वर्षका प्रकाश माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्य थिए। प्रकाशको छोरा भए पनि उनी नाबालक नै भएकाले बाबु प्रचण्डले नै दागबत्ती दिएका हुन्।


