तलब माग्दै शिक्षकहरु गाउँपालिका धर्नामा

पठनपाठनमा समास्या

तलब माग्दै आन्दोलनमा उत्रिएका सर्लाहीका शिक्षकहरुले वुधवार आ–आफ्नो क्षेत्रका गाउँपालिका कार्यालयमा धर्ना दिएका छन् । गत साउन महिना देखिको तलब र चाडपर्व खर्च नपाएको भन्दै जिल्लाको कौडेना, पर्सा र बसबरिया गाउँपालिका अन्तर्गतका शिक्षकहरु हिजोदेखि आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनको कार्यक्रम अनुसार वुधवार दोस्रो दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म गाउँपालिका कार्यालयमा धर्ना दिइएको आन्दोलित शिक्षकहरुको संघर्ष समितिले जनाएको छ । तलब उपलब्ध गराउने वातावरण नभएसम्म आन्दोलन जारीनै रहने देबधारी माध्यमिक विद्यालय कौडेना–१ लक्ष्मीपुरका शिक्षक सतिस चन्द्र झाले जानकारी दिए ।शिक्षकहरुले तलब निकासाको माग गर्दै मंगलवार दिनभर कोष तथा लेखा नियन्त्रण कार्यालय मलंगवामा धर्ना दिएका थिए ।

तलब माग्दै पठनपाठन नै बन्द गरि शिक्षकहरु आन्दोलनमा होमिएपछि कौडेना, पर्सा र बसबरिया गाउँपालिका अन्तर्गतका विद्यालयमा पढाई नै ठप्प भएको छ । शिक्षकहरुको धर्नाका कारण वुधवार यी तीनै गाउँपालिका कार्यालयको सेवा समेत वुधवार दिनभए प्रभावित भएको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले आन्दोलित शिक्षक र तलब निकासा गर्ने सरोकारवाला कार्यालयका प्रमुखसँग आफूले भोली बिहान छलफल गर्न लागेको बताए । नयाँपत्रिकामा खबर छ ।