चलचित्र ‘फुर्के’को फष्टलुक सार्वजनिक

चलचित्र ‘फुर्के’को फष्टलुक सार्वजनिक भएको छ । भद्र भुजेलले निर्देशन गर्नुभएको उक्त चलचित्रको पोस्टर चलचित्रका प्रस्तुतकर्ता एमबि राउतले सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य ३ कलाकारलाई देखाईएको छ । चलचित्रमा दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्त लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

देबेन्द्र खड्का र मानबहादुर राउत निर्माता रहेको चलचित्रको सह–निर्माता कल्पना मरहठ्ठा शाही, प्रकाश बस्नेत र आषिस रहनुभएको छ । चलचित्रका कार्यकारी निर्माता बखत बिष्ट हुनुहुन्छ ।

चलचित्रमा नबिन पन्तको लेखन, बिष्णु बरालको छायााकन, श्रृजन बरालको नृत्य, रोशन बुडथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन रहेको छ । सुनिल मानन्धरले बितरण गर्ने यो चलचित्र १२ माघबाट देशभर प्रदर्शनमा आउँदैछ ।