प्रिय मित्र-गाँउमा माओवादीहरू भोट माग्न आए यी प्रश्नहरूको उतर माग्न नछुटाउनुस

र नछुटाउनुस काँग्रेस एमालेलार्इ पनि सोध्न ??

यतिबेला गाँउ गाँउमा बिभिन्न पार्टीहरू अाफना सैद्भान्ती तथा ब्यवहारीक पक्षहरूसंगै अनेक बिकासे नाराहरू लिएर भाेट खरिद बिक्री गर्न तछाड मछाड गरिरहेका छन । सत्तामा नपुगुन्जेल अाम भाेटरहरूकाे टाङमुनी पस्ने जब सत्तामा पुगिन्छ पिठियु फर्काउने चरित्र बाेकेकाे राजनितिक  चरित्र बाेकेका नेताहरूले फेरी नेपाली जनतालार्इ सत्ताकाे सिढि बनाउदै छन । मुलुकलार्इ प्रयाेगशाला बनाइ अाफनाे स्वार्थ पुरा गर्ने गलत संस्कारमा यतिबेला फेरी अाम जनतलार्इ भेडा बनाउन भाेट माग्न गाँउतिर पस्दैछन । अब सबै सचेत रहन जरूरी छ । सबै पार्टीलार्इ खबरदारी गर्न जरूरी छ । 

माअाेवादीका उम्मेदवारलार्इ यी प्रश्न साेध्न नछुटाउनुस  

सहिदका सपना खै  ? १७ हजार सहिदको सपना पूरा भयो कि नाई  ?  सहिद  परिवारहरूको ब्यबस्थापन भयाे या भयन  ? घाइते  तथा अपांगको लागि के ब्यबस्थापन गरियो उपचार खर्च गरियो कि नाई जिउने अधार के  छ  ?

अयोग्य लडाकुको लागि के ब्यबस्थापन गरियो  ? अबकाशमा निस्केका  पुर्व लडाकुहरू के गर्दैछन ? कतै घर न घाटका त भएका छैनन  ? नेपाल छन या  खाडी  लेखाजाेखा छ कि छैन  ? के माओवादी पार्टिले लिएको नीति पुरा भयो  त  ? जनयुद्धको उपलब्धि के हो ? बेपत्ता याेद्भाहरूकाे अबस्था कस्ताे छ । कि युद्ध लड्नुको फाईदा आफ्नो परिवार र नातेदारलाई बनाउनु हो ? सिमित अाफना पाेल्टाका मान्छेहरूकाे भाग्य चम्काउनु हाे । 

के जनताले न्याय,सुशासन पाएका छन ?

जनयुद्धको सुरुवात गरिएको जिल्ला रोल्पा,रुकुम,जाजरकाेटकाे अबस्था कस्ताे छ ? स्मार्ट सिटि बने की नार्इ ! दुश्मनको हातबाट हतियार खाेसेर लडने  लड्ने ती कालिकोट महिला दिदिबहिनिहरुको साहस र हिम्मतकाे कदर गरियाे कि नार्इ ?

अाफु भाेकै बसेर खाना खुवाउने अामा जनताकाे पिडामा मलम लाग्याे कि नार्इ ?

लडाई लड्ने बेला योग्य समायोजनको बेला अयोग्य बनाइएका बर्हिगर्मित पुर्व लडाकुकाे स्थिति कस्ताे छ ?  उनिहरुलाइ जिउने आधार दिएको खै ? कि सत्तामा उक्लने भय्राङ मात्रै बनार्इ रहने ?

जनयुद्धका बेला खानेसुत्ने नपाई घामपानी हिउ बर्षात नभनी देश जनता लागि भनी मुक्ति र मृत्युको कसम खाएर हिड्ने ती साना बालबालीकाको ब्यबस्थापन कहाँ कसरी गरियो ?

२०५२ सालदेखी झोला बोकि दिनरात भनी पार्टी लागि हिड्ने गाउँ घरतिरको सिनियर कार्यकर्ताको उचित मुल्यांकन गरियाे कि गरिएन  ?

काङ्ग्रेस एमालेहरू भोट माग्न तपाइको घर दैलोमा अाए भने  यी कुरा सोध्नुस 

-ट्रली बस खोइ ?
-चोभारको सिमेन्ट कारखाना खोइ ?
-हेटौंडा सिमेन्ट कारखाना खोइ ?
-उदयपुर सिमेन्ट कारखाना खोइ ?
-बाँसबारी छाला तथा जुत्ता कारखाना खोइ ?
-गोरखकाली टायर(रबर) कारखाना खोइ ?
-कृषि औजार कारखाना खोइ ?
-शाही औसधि लिमिटेड खोइ ?
-नेपाल कोल लिमिटेड खोइ ?
-भृकुटी कागज कारखाना खोइ ?

अनि

हेटौंडा कपडा उद्योग खोइ ?
-जनकपुर चुरोटकारखाना खोइ ?
-पचास लाख युवाहरु खोइ ?
-बिपिको समाजवाद खोइ ?
-सेना मेरो देशको रक्षक खोइ ?
-कर्णालीमा सिटामोल खोइ ?
-जाजरकोटमा जिबनजल खोइ ?
-सडकबाटो खोइ ?

त्यसपछि

बिजुली बत्ती खोइ ? पिउने पानी खोइ ?
-सिचाइ  रनहर खोइ ?
-महाकाली खोइ ? कर्णाली खोइ ?
-लिपुलेक खोइ ?
-दशगजाका पिलर खोइ ?
-अदालतमा न्यायलायको न्याय खोइ ?
-मुलुकमा विधिको शासन खोइ ?

पछिल्लाे अँश सामाजिक संजालबाट…….

कतिसम्मा लुटकाे स्वर्गमा रमाउन दिने दलालहरूलार्इ र अझै कति दलालहरू उत्पादन गरिरहने ? के नेपाल दलालहरू उत्पादन कारखाना मात्रै हाे ? गम्भीर भएर धेरै पटक साेच्नुस संबिधानमा नाे भाेटकाे अधिकार पनि छ  तर भाेट हाल्नै परे हाल्नुस याेग्य ब्यक्तीलार्इ ।