मल्लको ब्यङ्ग्य – माथि स्विच अफ तल घोचपेच

पछिल्लो समय माओबादी र एमालेविच  चुनावी तालमेल भएपछि दुबै पार्टी भित्र असन्तुष्टी चुलिएको छ  । प्रदेश सभा र प्रतिनिधी सभाको  चुनाव  नजिकिदै गर्दा टिकट बाँडफाँडमा  कुरा नमिलेपछि  चरम असन्तुष्टु बढेको हो । त्यस्तै लामो समय मध्यपश्चिम अर्थात भेरीकर्णालीको माओबादी आन्दोलनको बाघडोर समालेर आएका माओबादी नेता काली बहादुर मल्ल ले  पनि अाफ्नाे असन्तुष्टी सामाजीक संजालमा पाेखेका छन । मल्ल पश्चिम नेपालका लोकप्रिय नेता हुन । पछिल्लो समय पार्टीका थुप्रै अबसरहरूबाट बन्चित उनि जनयुद्भमा उलेख्यय त्याग तपश्या बलिदान गरेर आएका नेता हरू म ध्यका एक हुन ।  जनप्रिय नेताका रूपमा चर्चित उनि पहिलो संबिधान सभामा जाजरकोट क्षेत्र नं १ बाट निर्वाचित सभासद पनि हुन । पछिल्लो समय नेपाली आकाशमा मडारीदै गएको राजनिति र प्रदेश सभा ,प्रतिनिधि सभाको चुनावले केहि उथल पुथल गराएको छ । टिकट पाउन र लिन नेताहरूको चाकडी ,हुक्के, चम्चेहरूले गरेको ब्यवहार प्रति कटाक्ष गर्दै उनले सामाजीक संजालमा कडा ब्यङग्य गरेका छन । यसले माओबादी र एमाले भित्र टिक ट बाँडफाडको कुरा नमिलेको प्रस्टै देखाउछ  ।

हेर्नुस उनकाे कटाक्ष यस्ताे छ 

नजिकै अाईरहेकाे प्रदेश र संघकाे चुनाव लागि तालमेलकाे अाधार निर्माण गर्न माअाेवादि -एमालेकाे कार्यदल गृहकार्यमा जुटेकाे हप्ताैं भई सक्याे । याे विचमा सबैतिर चासाे बढ्नु स्वाभाबिक हाे । पर्सि उमेद्वारि दर्ता गर्ने बेलासम्म अाईपुग्दा ठाेस छलफल भएकाे जानकारी छैन । निश्चित नेताहरुका स्वकिय सचिव मार्फत अाफ्ना निजि मान्छेलाई चुहाएकाे सुचनाले तरंग पैदा गरेकाे छ।

देशैभरि र खासगरि अाफ्नै ६ नं प्रदेशबाट लामाे समयसम्म भेरि कर्णालीकाे नेतृत्व गरेकाे नाताले सबैतिरबाट प्रश्न अाउछ”माथि के भाे ? हाम्राे पर्याे परेन,याे छाेड्नु हुन्न नभए मानिन्न ,तपाइहरुलार्इ  हामिले जान्या छाैं छाेडे पछि।”जस्ता घाेच पेच ले हैरान बनाउछन अनि भन्छु “पख्नुस म माथि बुझ्छु”माथि बुझ्न फाेन गर्याे”तपाईले सम्पर्क गर्न खाेज्नु भएकाे माेवाईल काे स्विच अफ गरिएकाेछ । कुनै नेताकाे फाेन खुलै भए चपरासि(स्वकिय सचिव हिन्दिमा)ले भन्छ “अहिले उहाँ मिटिङमा हुनुहुन्छ एक घण्टा पछि गर्नु”जब कि एक घण्टा पछि निर्णय भैसकेकाे हुन्छ र फिल्ड सुझावकाे म्याद सकिन्छ।

अर्काे कुरा यति ढिला किना भन्दा दुबै पक्षका नेताहरुले पहिले अाफ्नाे ब्यबस्थापन तर्फ लागेकाे पाईयाे फिल्डकाे संबाेधन हाेईन । नेताहरुले अाफु सहित सकेसम्म कार्यकर्ता र मतदाताकाे मनाेबिज्ञान बुझेर ,कार्यकर्ताकाे सुझाव लिएर गरे निर्विवादित हुन्थे हाेला।

सुनेका चपरासि द्वारा गरिएकाे सुचना लिक सहि हाे भने याे ताल मेल नभएर नेताहरुकाे स्वार्थकाे “घालमेल”भन्ने अर्थ लाग्छ ।  र मतदाता र कार्यकर्तालाई नियन्त्रण गर्न कठिन हुनेछ । दुबै तर्फका नेताहरुले गम्भिर साेच्नु पर्छ अन्यथा चाेक्टा झाेलमा परिणत हुनेछ ।