तिहार मनाउने बहानामा किन जाँदैछन् नरेन्द्र मोदी चीनको सिमाना ?

एजेन्सी,भारतको राजधानी नयाँदिल्लीमा यति बेला तिहारको रमझमले छपक्क छोपेको छ । तर सर्वोच्च अदालतको आदेशले एनसीआरका बासिन्दालाई भने यस वर्षको तिहार त्यति रमाइलो हुने छैन । अदालतले उक्त क्षेत्रमा पटका जस्ता सामग्रीको विक्री तथा प्रयोगमा रोक लगाएको छ ।

चीनको सिमानामा तिहार

तर यसैबीच भारतीय प्रधानमन्त्री मोदी भने तिहार मनाउनका लागि यो वर्ष चीनको सीमानामा जाने भएका छन । उनले काशमीरको गुरेज सेक्टमा रहेको सैनिक क्याम्पमा अघिल्ला वर्ष जस्तै गरी तिहार मनाउने छन ।
प्रधानमन्त्री मोदीले त्यता जानु अघि देशवासीको नाममा शुभकामना सन्देश दिदै भनेका छन, दीपावलीको पावन अवसरमा सबै देशवासीलाई हार्दिक शुभकामना ।

तीन वर्षदेखि सिपाहीसँग तिहार

मोदीले बितेका तीन वर्षदेखि सिपाहीहरुसँग तिहार मनाउने गरेका छन । अथवा प्रधानमन्त्री बने यता उनले सिपाहीहरुसँग तिहार मनाइरहेका छन । उनले सन २०१४ मा सियाचिनमा आर्मी क्याम्पमा सिपाहीहरुसँग तिहार मनाएका थिए । भने २०१५ मा डोगराई बार मेमोरियल आर्मी क्याम्प र २०१६ मा हिमाचल प्रदेशको आइटीवीपी आर्मी क्याम्पमा मनाएका थिए ।

प्रधानमन्त्री मोदी केदारनाथ जाने

चीनको सीमाना र आइटीबीपीमा सिपाहीहरुसँग तिहार मनाएपछि मोदी केदारनाथ दर्शनका लागि जाने बताइएको छ । तर उनको भ्रमणबारे अहिलसम्म समय तालिका भने सार्वजनिक नभएको जनाइएको छ ।

चीन–भारत सम्बन्ध

केही समयअघि दोक्लाममा भारत र चीनबीच सीमाको विषयलाई लिएर चर्को विवाद भएको थियो । चीनले आफ्नो भूमिका पुल निर्माण गरिरहेको समयमा भारतले निहूँ खोजेको थियो । जसका कारण दुई प्रमाणु हतियार सम्पन्न मुलकबीच आम्नेसाम्नेको अवस्था सृजना भएको थियो ।

काश्मीर क्षेत्रमा पनि भारतको पाकिस्तानसँग सधै र चीनसँग बेलामौकामा सिमा विवादले चर्को रुप लिने गरेको छ । अहिलेसम्म चीनले देखाएको धैर्यताका कारण १९६५ पछि भाररत र चीनबीच युद्ध भने भएको छ । तर पनि पछिल्लो समयमा चीनले भारतमा पूर्वाधारनिर्माणमा ठूलो लगानी गरेको छ । भारत चिनियाँ उत्पादनको एउटा प्रमुख बजार साझेदार पनि हो ।