अनियमितताको आरोप लागेका खड्का मन्त्रालय तानिँदै

इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले आपूर्ति मन्त्रालयमा तान्न प्रक्रिया अघि बढाएको छ ।

खड्कालाई निगममै राख्दा थप क्षति हुने ठहर गर्दै सरकारले मन्त्रालयमा हाजीर गराउन निर्वाचन आयोगसँग अनुमति मागेको छ ।

डेढ अर्ब रुपैयाँ घोटाला गरेको आरोप लागेका खड्कालाई मन्त्रीपरिषद बैठकले स्पष्टीकरण नसोधि बर्खास्त गरेको थियो। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि खड्का निगम फर्किएका थिए । आजको नागरिकमा यो खबर छ ।