आतंकवादसंगको लडाँइमा पाकिस्तानले धेरै चिज गुमाएको चीनको दावी

अमेरीकालार्इ पुर्वाग्रह नराख्न सुझाव

 चीनले अातंकवादसंगकाे लडार्इमा पाकिस्तानले धेरै चिज गुमाएकाे बताएकाे छ । पाकिस्तानले आतंकवाद अाश्रय स्थल ध्वस्त गर्नु पर्ने भन्दै अमेरकाले दबाव वढाएको बेला चीनले भने अमेरकाको उक्त दवाबलाई ठाडै अस्विकार गर्दै यसाे भनकाे हाे ।

चीनीयाँ विदेश मन्त्रालयले शनिवार जारी गरेको बक्तब्यमा भनिएको छ । आतंकवाद बिरूद्भकाे लडाँइमा पाकिस्तानले  निक्कै मेहनत गरेकाे छ र  सक्रिय छ । यस लडाइमा उसले धेरै चिज गुमाएको पनि छ । तर उसलार्इ नै अातंकबादकाे अाश्रयस्थल मान्नु सरासर पुर्वाग्रह हाे । अब यस्ताे पुर्वाग्रहले काम नगर्ने बताइएकाे छ । अन्तराष्ट्रिय समुदायले पाकिस्तानको यस वलिदानीपुर्ण लडाँइलाई मान्यता दिनपर्छ । चिनले भनेकाे छ ।

अमेरिका सेना अध्यक्ष जनरल जोसेफ जोनफर्डले पाकिस्तानी गुतचर सँथा आई एस आईको आतंकवादीहरूसंग सम्बन्ध रहेको छ र पाकिस्तानले आगामी दिनहरूमा यो रवैयामा  सुधार गर्न जरूरी रहेकाे टिप्पणी गरेपछि यसको प्रतिक्रिया स्वरूप चीनले आतंकवाद बिरूद्भमा लडाईमा पाकिस्तानको वलिदान र योगदानको  अन्तराष्ट्रिय समुदायले सह्रहाना गर्दै मान्यता दिनुपर्ने वताएको हो । 

चीनको विदेश मन्त्रालयले भनेकाे छ  ।  हामी चाहन्छाैँ कि आतंकवाद बिरूद्भको पाकिस्तानी अभियानको अन्तराष्ट्रिय समुदायले मान्यता देओस । र सहयाेग पनि गराेस  चीन पनि आतंकवाद विरोधी अभियानमा बिश्वलार्इ  साथ दिन तयार छ ।

हामीलाई पुर्ण बिश्वास छ की  अमेरिका र पाकिस्तान एक अर्काका कोशिसहरूलाई पर्ण सम्मान गर्दै  यसकाे  स्थिरता र सुरक्षाका लागि  काम गर्नेछन् ।