भारतीय सेनाका लडाकु विमान र हेलिकोप्टर दुर्घटना, ९ जना पाइलटको मृत्यु

भारतीय सेनाको हेलिकोप्टर दुर्घटना भएको छ । भारतको अरुणाचल प्रदेशमा वायुसेनाको हेलिकोप्टर दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक सैनिक घाइते भएका छन् ।

भारतीय संचारमाध्यमका अनुसार भारतीय वायु सेनाको एमआई–१७ भी ५ हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनाको छानविनका लागि सेनाले आदेश दिएको छ ।

सेनाका लागि आवश्यक सामान लिएर गइरहेको अवस्थामा शुक्रबार बिहान तवाङ्ग क्षेत्र नजिकै दुर्घटना भएको थियो ।
भारतीय संचारमाध्यमका अनुसार पछिल्लो तीन वर्षयता भारतीय सेनाका ३७ ओटा अत्याधुनिक लडाकु विमान र हेलिकोप्टर दुर्घटना भइसकेका छन् ।

केही दिन पहिले राज्यमन्त्री डा. सुभाष भामरेले राज्यसभामा लिखित जवाफ पेस गर्दै २० जना सैनिक र ९ जना पाइलटको मृत्यु भएको बताएका थिए ।