इरेजरले इतिहाँस मेटिदा अन्धभक्तहरूको ताली

गतिशील समय र परिवर्तनसिल समाजमा लोपोन्मुख राजनीति बिचार अस्तित्वमा आउन नसक्ने भएपछि उहीँ गुण र तत्व तर रासायनिक प्रतिक्रिया देखायर अस्तित्वमा आउन खोजिरहेका हुन्छ्न । जस्को ज्वलन्त उदाहरण इतिहासमा धेरै छ्न । नेपाली राजनीति परिदृश्यमा १९९७ सालदेखि सुरुवाती अन्त्यका राणा शासन २००७ सात सालमा पन्चायतीको नाममा काग्रेससँग मिसियर ३० बर्षसम्म टिकेको इतिहास साछी छ ।

जतिबेला २००७ सालको इतिहास मेटाउन २०१९ इरेजर राजाको अगुवाइमा त्रिपक्षिय सम्झौतामा प्रजातान्त्रका गफ चुट्ने नेपाली काँग्रेसका पन्चेहरु र राजा बीचमा सम्झौताको बहानाबाजीमा सातसालको परिवर्तनको भावना र मर्मबिपरित इतिहासमा कालो मसिले मेटाउदा त्यो युगका अन्धभक्तहरुले तालिबजाए । अन्ततोगत्वा उनै राणाहरुले पन्चायती नामले बाच्नसकेका हुन। सामन्ती राजतन्त्रको अन्त्यकालागि भनेर २०२८ सालमा गरिएको झापा आन्दोलनका ब्यबहारिक र सैद्धान्तिक तालमेल केही अपुर्ण रहेपनी उदेश्य सहि थियो । दुर्भाग्य माक्र्सवादी समुहका तत्कालीन नेता मदनकुमार भण्डारी र माले बिचको पार्टी एकताले झापा आन्दोलनको भावना र मर्मको इतिहासमा इरेजर लगायो ।

२०४६ साल र काँग्रेस,बामपंथी

नेपाली समाजमा लादियको कालोधब्बा मेटाउन नेपाली जनता याकुल ब्याकुल थियोे । नेपाली काग्रेस र बाममोर्चाको सयुक्त पहलमा २०४६ साल चैत्र २४ मा सफल जनआन्दोलन सप्पन्न भयो । जसको भावना संविधान सभाको निर्वाचन थियो । बामपंथी भनाउदा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिह बीचमा मत मतान्तर सुरु भयो । मोहन बिक्रम सिंहले संविधान सभाको पक्षमा उभिएर संसदिय निर्वाचन बहिस्कार गरे भने एमाले संसदिय ब्यबस्थालाइ सर्बेसेवा मान्यो अन्ततोगत्वा पन्चायती मण्डलेहरु संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको खोल ओडेर आफ्नो अस्तित्व यथावत राखे ।

जनयुद्ध र संविधान सभा

नेपाली समाजमा अटन नसक्ने राजतन्त्र र दलाल संसदिय ब्यबस्थाको अन्त्य र जनताको नौलो जनबादी ब्यबस्था अन्त्यकालागि प्रचण्डको नेतृत्वमा संचालित जनयुद्धको सुरुवाती चरण २०५२/११/१/ गतेदेखि ०६० सालसम्म आइपुग्दा जनताको साथ र समर्थनले बिकास र विजयको चरम चुलीमा पुगेको र २०५८/२/१९/को दरबार हत्याकाण्डले गर्दा राजतन्त्रप्रती जनताको तीब्र बित्रिस्णा जस्को पछाडी राजतन्त्र र दलाल संसदिय ब्यबस्थाको सामुदायिक अन्त्यष्ठी देखेर बिदेशी इसारामा दलाल संसदिय ब्यबस्थाका चौकिदारहरुले कथित संविधान सभाको नाटकको रङ्ग दलेर जनयुद्ध सिधायर पुन दलाल संसदिय ब्यबस्था टिकाउन प्रचण्ड र बाबुरामलाई साथमा लियर जनयुद्ध समाप्त पारेर भारत अनुकुल संविधान कपिगरेर जनताम फालेको धुर्बसत्य हो।

वाम एकता र अन्धभक्त ताली

दस बर्षको जनयुद्ध र ०६२-६३ को १९ दिने जनआन्दोलनको भावना बिपरित नेपालको संविधान लेखियपछी दलाल संसदिय ब्यबस्थाप्रती जनताको तिब्र असन्तुष्ट पैदा भएको कुरा तत्कालीन बामपंथी नामले चिनिने माके र एमालेका बर्तमान नेतृत्वले स्पष्ट देखेका छन की माके एमाले नामले अस्तित्व जोगाउन गाह्रो छ । वाम एकता र नाम परिवर्तन गरेर पुरानैशैली र चिन्तन बोकेर जनयुद्धको इतिहासमा नयाँ इरेजरले निसाना मेटाउदै दलाल हाँसिहाँसी नाचिरहेका बेला अन्धभक्तहरुको केही जमात तालिमात्रै पिटिरहेकाछ्न ।