भारतीय ज्यादतिविरुद्ध रगत बगाउने तिलाठीका देवनारायण पक्राउ
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादवलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरी सीमा पारीको कुनौलीबाट आफ्ना छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सोही विषयमा बुझ्न गएका देवनारायणलाई पनि पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।गत वर्ष भारतीयको ज्यादतिविरुद्ध रगत बगाउने सप्तरीका देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
सप्तरी सीमा पारीको कुनौलीबाट आफ्ना छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सोही विषयमा बुझ्न गएका उनलाई पनि पक्राउ गरिएको बताइएको छ । भागी विवाह गरी अजयले भारतीय चेली नेपाल ल्याएको र सोहि प्रकरणमा बाबुछोरालाई पक्राउ गरिएको बताइएको छ ।बाबुछोरा दुवैलाई भारतका विहार राज्यको सुपौल जिल्लास्थित विरपुर जेल चलान गरिएको बताइएपनि सप्तरीका एसपी मुकेश सिंहले भने बुझ्ने प्रयास भइरहेको प्रतिक्रिया दिए ।
सप्तरीको तिलाठास्थित दशगजा क्षेत्रमा भारतीयले दादागिरी शैलीमा बाँध बनाउन लागेपछि गत वर्ष उनको नेतृत्वमा सीमा रक्षार्थ जुट्दा यादव घाइते भएका थिए । त्यतिबेला उनले भनेका थिए- मेरो घर सप्तरीको तिलाठी गाविस (तत्कालिन)मा छ । पारीपट्टि भारतको बिहार राज्य अन्तर्गत पर्ने कुनौली गाउँ छ । भारतका सरकारी अधिकारीहरू त्यो कुनौली गाउँका बासिन्दालाई बेलाबेला उचाल्छन् । र त्यहाँका बासिन्दा नेपाली जमिन डुबानमा पर्नेगरी बाँध बनाउन थाल्छन् । २०७१ सालमा दोस्रो संविधानसभाको निर्वाचन हुनुअघि पनि त्यसैगरी त्यहाँका बासिन्दालाई उचालियो र उनीहरूले नेपाली भूभाग डुबानमा पर्नेगरी बाँध बनाउन थाले ।
देवनारायणका छोरा अजयले भारतीय चेली भगाएर ल्याएको आरोपमा भारतीय प्रहरीमा मुद्दा परेकाले सोही काण्डमा अजयलाई पक्राउ गरेको प्रहरी स्रोतको भनाइ छ । स्थानीयकाअनुसार दशगजा क्षेत्रमा रहेको आर्दश ग्राम पञ्चायतमा शनिवार राति अजय सांस्कृतिक कार्यक्रम हेर्न गएका थिए । बाबुछोरा दुवैलाई भारतका विहार राज्यको सुपौल जिल्लास्थित विरपुर जेल चलान गरेको बताइए पनि आधिकारिक पुष्टी भने भएको छैन ।
‘देवनारायण छोरालाई छुटाउन जाँदा भारतीय प्रहरीबाट पक्राउ परेका हुन्’, सप्तरीका एसपी मुकेश सिंहले भने, ‘किन पक्राउ गरिएको भन्ने हामीलाई जानकारी आएको छैन ।’ एसपी सिंहले आफूहरुले बुझ्ने प्रयास गरिरहेको बताए । यादव गत बर्ष सप्तरीको तिलाठी सीमास्थित दशगजा र भारतको बिहार राज्यको सुपौलको कुनौलीको दशगजा क्षेत्रमा गत वर्ष भारतीयसँग झडप हुँदा देवनारायण घाइते भएका थिए । खाडो नदीमा भारतीय पक्षले एकतर्फी रुपले बाँध बनाएको विरोधमा तिलाठीबासी भारतीय पक्षको विरोधमा उत्रिएका थिए । भारतीय पक्षको विरोधमा उत्रिएकाबेला भारतीय पक्षको कुटाइबाट देवनारायण घाइते भएका थिए ।
देवनारायणलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । राष्ट्रवादी नागरिक भन्दै निकै चर्चामा आएका देवनारायणलाई त्यतिबेला नेपाल सरकारले उपचार खर्चसँगै राष्ट्रवादीको सम्मान दिएको थियो । गत वर्षको खाँडो नदीको बाँधको विवादले चर्चित यादवलाई नियोजित रुपमा भारतीय प्रहरीले पक्राउ गरेको तिलाठीबासीको आरोप छ ।