जब प्रधानमन्त्रीले एयरपोर्टबाटै भने- डाक्टरहरूको के पारा हो ?
प्रधानमन्त्री शेरबहादुर देउवा स्वादेश फिर्ता भएका छन् । संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा सहभागी भएर प्रधानमन्त्री देउवा स्वदेश फर्केका हुन् । शुक्रबार विहान त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफ्नो भ्रमण फलदायी भएको बताए । संविधान कार्यान्वयनमा नेपाल अन्तिम चरणमा पुगेको तथा शान्ति प्रक्रिया निष्कर्षमा पुगेको अन्र्तराष्ट्रिय समुदायलाई जानकारी गराएको प्रधानमन्त्रीले जानकारी दिए ।
चिकित्सकहरुको हडतालबारे पत्रकारको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले मागप्रति सकारात्मक रहेको बताउँदै सरकारको निर्णय
कसैको खिलाफमा नभएको बताए ।
डाक्टरहरुलाई दुःख दिने आफ्नो नियत नभएको बताउँदै देउवाले हडताल गर्नु ठिक नभएको बताए ।स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई ठप्प पारेर हड्तालमा उत्रिनु ठिक नभएको प्रधानमन्त्री देउवाको भनाई थियो ।
राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ३ गते प्रधानमन्त्री अमेरिका गएका थिए ।