बसपार्कमा बिचौलियाहरूको बिगबिगी १ हजारको टिकटको मूल्य १५ सय

काउन्टरवाला भन्छन सिट छैन बिचौलिया मिलाउछन सुटुक्कै

काठमाडौको एकमात्र राष्ट्रिय बसपार्कका रूपमा रहेको नयाँ बसपार्कमा बिचौलियाहरूको बिगबिगी बडेको छ । बिचौलियाहरू र काउन्टरका कर्मचारीको मिलोमतोका कारण यात्रुहरू ठगिने गरेका छन ।  राम्रो सिट मिलार्इ दिन्छु भन्दै १ हजार पर्ने टिकटलार्इ १५ सय सम्मा लग्ने गरेको पाइएको छ । हिन्दू नेपालीहरुको महान चाड दशैंमा राजधानीबाट बाहिरिनेको संख्या बडेसंगै दलाल र बिचौलियाहरूको बिगबिगी बडेको  हो ।

मुगु सुकाढिकका देबी राेकाया टिकटकाे लागि बसपार्क पुगे टिकट काउन्टरमा पुगेर सिट साेधे काउन्टरमा बसेका कर्मचारीले सिट नभएकाे बताए । उनले बिकल्प मागे तर कर्मचारीहरू बाेल्न मानेन नजिकै एकजना त्याे सब  ब्यक्तीले सुनिरहेका थिए । त्यतिकैमा उानि काउन्टरबाट बाहिरीए । बाहिर अाउने बितिक्कै ती ब्यक्तीले च्याप्पै समाते र साेधे दाइ कहाँ जाने हजुर ? देबीले भने नेपालगन्ज उनकाे बाेली भुइमा खस्न नपाउदै अाउनुस एउटा  सिटमात्र बाँकी छ म मिलार्इ दिन्छु गाडी सुबिधा सम्पन्न हाे । एसी छ भाडा महङगाे छ  भन्दै १५ सयमा मिलार्इ दिने बताए ।  देबीकाे बाध्यता नगइनहुने थियाे उनले १५ सय बुझाए र एकछिनमा सिट पनि मिल्याे । तर काउन्टरका कर्मचारीले नभएकाे सिट अाखिर उनले कसरी मिलाए ? कुराे मिलाेमताेकाे न थियाे । 

त्यसैगरी इलामका लागि बसको टिकट काट्ने लाइनमा भेटिएका जिम्बा राइले पनि टिकट काट्ने क्रममा बिचौलियाहरुले तोकिएको भन्दा बढी भाडा भन्ने गरेको बताए । टिकट काट्न बसपार्क पुगेका कतिपयले टिकट तोकिएको भन्दा बढी भन्ने गरेको समेत बताए । बिचौलियाहरुले तोकिएको भन्दा बढी भाडा लिने तर असहज यात्रा गराउने प्रबृत्ति यो वर्ष पनि देखिएको  छ । तर सराेकारवाला निकायहरू सबै तै चुप मै चुपकाे स्थितिमा छन । 

दशैंलाई लक्षित गर्दै गत भदौ २७ गते देखि सडक यात्रामार्फत घर जानेहरुको संख्या करिब ११ लाख पुगेको हो । दैनिक १ देखि डेड लाखको हाराहारीमा उपत्यकाका विभिन्न नाकाबाट यात्रुहरु बाहिरिने गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुंगासँगै बल्खु, दक्षिणकाली, बालाजु बाइपास, साँगालगायतका नाकाबाट लामो यात्रामा जानेहरुको संख्या बढी भएको एक यातायात ब्यवसायीले बताए ।

उनका अनुसार उपत्यकाबाट बाहिरिए पनि अस्तव्यस्त सडक भएका कारण सबै यात्रु घर पुगि नसकेको बताए । ‘उपत्यकाबाट ११ लाखभन्दा बढी यात्रुबाहिरिसकेका छन्, तर कतिपय यात्रु सदरमुकामतिर पुगेर रोकिउका छन्, अझै पनि बाटोघाटोको अभावका कारण यात्रुहरु समयमा घर पुग्न सक्दैनन्, यसमा सरकारले चासो देखाउनुपर्छ ।