गृहमन्त्री फेरिएसंगै फेरिन्छन् प्रहरीका नारा, तर फेरिदैन व्यवहार

सस्ताे लाेकप्रियताकाे लागि हेर्नुस प्रचारमुखी अर्काे अभियान

शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित पुलिस क्लबमा अलि फरक तडकभडक सहित एउटा नयाँ अभियानकाे सुरूवात गरियाे । सुरूमा छुटै शैली सहित पेटी यार्लाी अायाेजना गरिएकाे कार्यक्रममा सराेकारवाला सबैकाे बाक्लाे उस्थिति रहेकाे थियाे । जनताकाे सुशासन र सुरक्षाकाे जिम्मा लिएकाे गृहमन्त्रालयले  ‘प्रहरी हाम्रो टोलमा’ अभियानको घोषणा गर्याे ।  जनतालाई कुनै पनि समस्या पर्दा एक नम्बरमा सम्झिने अभिभावक संगठन  प्रहरी भएको बताउदै, टोल टोलमा प्रहरीहरुले जनताका समस्या समाधानकाे लागि अभियान सुरू भएकाे बताइयाे । 

कति प्रभावकारी छन यस अगाडिका अभियानहरू

प्रहरीले सर्वसाधरणलाई गर्ने व्यवहारमा व्यापक गुनासो आएपछि करिब चार वर्षअघि नेपाल प्रहरीले ‘मुस्कानसहितको प्रहरी सेवा’ अभियान सुरु गर्‍यो । तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी सुधार्न अभियान सुरु गरेका थिए । जनतालाई मुस्कानसहित मीठो बोलेर सेवा दिने उद्देश्यले अभियान सुरु गरिएको थियो । तर, अभियान चलिरहेकै वेला प्रहरीको व्यवहार झन् आलोचित भयो । एक वर्षमै अभियान असफल भयो । अभियान असफल भए पनि व्यंग्य गर्दै ‘मुस्कानसहितको प्रहरी सेवा’ भनिन थालियो ।

त्यसको २ वर्षपछि प्रहरीमा ‘प्रहरी मेरो साथी’ नामक अर्काे अभियान सुरु भयो । प्रहरीको व्यवहार सुधार्न र प्रहरीप्रति जनताको नकारात्मक सोचाइ हटाउन यो अभियान सुरु गरिएको थियो । सबै जनतालाई प्रहरीको साथी बनाएर नागरिक र प्रहरीको सम्बन्ध प्रगाढ बनाउन खोजिएको थियो । तर, असलभन्दा खराब मान्छे मात्र प्रहरीका साथी भए । सर्वसाधरणसँगको प्रहरीको सम्बन्ध अपेक्षाकृत सुध्रन सकेन ।

यही क्रममा शुक्रबारदेखि नेपाल प्रहरीमा देशव्यापारी रूपमा अर्काे अभियान सुरु भएको छ ‘प्रहरी हाम्रो टोलमा’ । यसपटक गृहमन्त्रालयकै अग्रसरतामा प्रहरी र जनताबीच सम्बन्ध सुधारका लागि नयाँ अभियान सुरु गरिएको छ । तर, यो अभियानले पनि प्रहरीको व्यवहारमा ठूलो परिवर्तन ल्याउनेमा प्रहरी अधिकारी नै आशावादी छैनन् ।

सस्ताे लाेकप्रियताकाे लागि प्रचारमुखी अभियान

सस्ताे लाेकप्रियता कमाउनका लागि हरेक गृहमन्त्रीले नयाँ नयाँ प्रचारमुखी काम ल्याउने गरेकाे तर ब्यवहारमा नदेखिएकाे बताउछन प्रहरी उच्च अधिकारीहरू उनिहरू भन्छन अाफ्नाे बर्चश्व कायम राख्न र बिल्कुल प्रचारकाे लागि यस्ता अभियान ल्याउने गरेकाे पाइन्छ ।  गृहमन्त्री जनार्दन शर्मा आफैँले शुक्रबार ‘शान्ति सुरक्षा र सुशासन जनमैत्री प्रहरी प्रशासन, प्रहरी हाम्रो टोलमा’ अभियानको शुभारम्भ त गरे तर त्यसकाे प्रभावकारीता हैृन भने बाँकी नै छ  । उर्जा मन्त्रालयमा पाएकाे सफल्ता गृहमा दाहिना पार्न गरिएकाे याे अभियान कति फलदायी हुन्छ त्याे भने हेर्न बाकी नै छ । 

टाेल टाेलमा सुरक्षा समन्वय समिति गठन गरिने

जनार्द्भन शर्माले टाेल टाेलमा सुरक्षा समिति गठने गर्ने बताएका छन । हरेक टोलमा जनतासँग सम्बन्ध सुमधुर बनाएर प्रहरी समाज स्थापनाको परिकल्पना गरे। गृहमन्त्री शर्माले जनताबाट नै सूचना प्राप्त गरी अपराध नै हुन नदिने उद्देश्य सहित अब टाेल टाेलमा सुरक्षा समिति गठन गरेर सुरक्षाकाे नयाँ अनुभुति दिने दावी गरे ।  नागरिक प्रहरीको संयुक्त संयन्त्र ‘नागरिक सुरक्षा समन्वय समिति’ निर्माण गरेर मात्रै मुलुक समृद्भी तिर बडने बताए । निश्चित क्षेत्र नक्सांकनसहितको कार्यक्षेत्र तयार पारिने र सो क्षेत्रमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र प्रहरीचौकी तथा स्थानीय जनप्रतिनिधिलगायत समुदायसहितको समाजमा हुने घटनाको पूर्व सूचना प्राप्त गर्न संयन्त्र बनाउन लागिएको जानकारी दिए ।

अाखिर नाम मात्र नयाँ  न हाे !

गृह मन्त्रालयले सुरु गरेको कार्यक्रम नाम मात्र नयाँ भएको प्रहरी अधिकारी नै बताउँछन् । यही अवधारणअनुसार सामुदायिक प्रहरी स्थापना गरिएको छ । जसमा नागरिकबीच नै चुनाव भएर सामुदायिक प्रहरी सेवा केन्द्रको पदाधिकारी चयन हुने गरेका छन् । त्यही अवधारणालाई गृहले नयाँ नाम दिएर नयाँ कार्यक्रम सुरु गरेको हो ।

प्रहरीमा यस्ता अभियान वेला–वेलामा आउने तर त्यत्तिकै सेलाएर जाने गरेका छन् । अहिले पनि चाडपर्व र चुनावको पूर्वसन्ध्यामा अभियान सुरु भएकाले सफल हुने देखिन्न । ‘दसैँ, तिहार र छठ सकिएलगत्तै चुनावको तयारीमा जुट्नुपर्ने अवस्था छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘त्यसकारण यो अभियानमा लाग्ने समय नै प्रहरीलाई अहिले छैन ।’ अर्काेतर्फ गृहमन्त्रीले ल्याएको कार्यक्रम भएकाले अर्काे गृहमन्त्री आउनेबित्तिकै त्यसलाई निरन्तरता नदिने भएकाले पनि यो कार्यक्रम सफल हुनेमा प्रहरी अधिकारी आशंका व्यक्त गर्छन्।

किन सुध्रिदैन त प्रहरीकाे व्यवहार ?

प्रहरीले सर्वसाधरणलाई गर्ने व्यवहार अझै पनि रुखो छ । सडकदेखि प्रहरी कार्यालयसम्म सर्वसाधरणले प्रहरीबाट दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार सहनु परेको गुनासो हुने गरेको छ । २ वर्षअघि प्रहरी आफैँले गरेको सर्वेक्षणमा पनि प्रहरीको व्यवहार औसत भएको सर्वसाधरणले बताएका थिए । त्यसपछि प्रहरीले आफ्नै संगठनभित्र पनि सर्वेक्षण गर्‍यो । जसमा तल्लो तहका प्रहरीले आफूहरूमाथि गर्ने व्यवहारप्रति असन्तुष्टि जनाएका थिए । अधिकृत तहका प्रहरीले सिपाही र हवल्दारलाई तँ भनेर बोलाउने गरेकामा उनीहरूले असन्तुष्टि जनाएका थिए । जुन अहिले पनि कायम नै छ । ‘हाकिमले आफ्नै कर्मचारीलाई तुच्छ व्यवहार गर्छन्,’ नाम नबताउने सर्तमा एक प्रहरी अधिकारी भन्छन्,‘अनि त्यही प्रहरीबाट जनतासँग राम्रो व्यवहार गर्छ भनेरचाहिँ कसरी अपेक्षा गर्न सकिन्छ ।’